ब्रुनाईका राजा हसनल बोल्कियाहले आफ्नै एउटा आदेशलाई उल्ट्याउँदै देशमा समलिङ्गी र विवाहेत्तर सम्बन्धका कारण कसैलाई पनि मृत्युदण्ड नदिइने घोषणा गरेका छन् ।

यसवर्ष अप्रिलमा ब्रनाईमा समलिङ्गी र विवाहेत्तर सम्बन्ध राख्नेका लागि मृत्युदण्डको सजाय तोकिएको थियो । यसको संसारभरी आलोचना भएको थियो ।

अप्रिलमा यो दक्षिण पूर्वी एशियाली देशमा नयाँ इस्लामिक कानून घोषणा गरिएको थियो जसमा समलिङ्गी र विवाहेत्तर सम्बन्धका लागि ढुङ्गाले हानीहानी हत्या गरिने प्रावधान थियो ।

यसबाहेक नयाँ कानून अनुसार अन्य अपराधका लागि पनि कडा सजायको प्रावधान थियो । उदाहरणका लागि चोरी गरेको पुष्टि भए हात काट्ने सजाय ।

नयाँ कानूनको घोषणा गर्दै राजाले भनेका थिए, ‘म यो देशमा इस्लामिक शिक्षालाई थप बलियो भइरहेको हेर्न चाहन्छु ।’

brunai

संसारभरी विरोधः

एलजीबीटीक्यूआई ९लेस्बियन, गे, बाइसेक्सुअल, क्वियर, इन्टरसेक्सुअल० समुदायका लागि काम गर्ने मानवाधिकार कार्यकर्ताले ब्रनाईको यो निर्णयको कडा आलोचना गर्दै यसलाई अमानवीय बताएका थिए ।

थुप्रै हलिउड सेलिब्रिटी जस्तै जर्ज क्लूनीले ब्रनाईका राजाको विलासी होटल र रेष्टुरेन्टमा लगानी नगर्न र यसको बहिष्कार गर्न अपिल पनि गरेका थिए ।

ब्रुनाईमा समलिङ्गी सम्बन्धमा रहनेलाई ढुङ्गा हानीहानी मृत्युदण्ड दिइने
थुप्रै बहुराष्ट्रिय कम्पनीले ब्रुनईलाई पर्यटकीय स्थलको रुपमा प्रचार गर्न बन्द गरेका थिए ।

लण्डनमा ‘स्कूल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडिज’ का विद्यार्थीहरुले स्कूल भवनको नाम ‘ब्रुनई ग्यालरी’ बाट परिवर्तन गरेर केही अन्य राख्न माग गरेका थिए ।

अन्तरराष्ट्रिय स्तरमा कडा विरोध र आलोचनापछि राजा हसनलले आइतबार टेलिभिजनमा राष्ट्रको नाममा सम्बोधन गर्दै कानून परिवर्तन गरेको र मृत्युदण्डको सजायमा रोक लगाउने घोषणा गरेका छन् ।

Brunaeee

ब्रुनाईका राजाः १७ सय कोठा भएको महलमा बस्छन्, छन् पाँच हजार विलासी कार, यस्तो छ जीवनशैली
समाचार एजेन्सी एफपीका अनुसार राजा हसनलले पवित्र रमजान महिनाको सुरुवातमा टिभीमार्फत जनतालाई सन्देश दिएका हुन् ।

उनले भने, ‘मलाई थाहा छ कि शरिया कानून लागू गर्नका लागि विभिन्न प्रश्न र भ्रम छन् । शरिया कानूनमाथि कुनै शंका हुनु हुँदैन किनभने यसमा अल्लाहको बास हुन्छ ।’