विराटनगर: प्रदेश नं १ को स्थायी राजधानी र संरचनाहरु विराटनगरबाट अन्यत्र सार्न नहुने भन्दै विराटनगरमा आज आमहडताल शुरु भएको छ ।

रातारात संघर्ष समिति गठन गरेर आज बिहानैदेखि विराटनगरमा आन्दोलन चर्किएको हो । संघर्ष समितिले बिराटनगरबाट बाहिर राजधानी र संरचनाहरु लैजान नहुने भन्दै प्रर्दशन र हडताल गरिरहेको छ । विराटनगरमा सार्वजनिक सवारीका साधनहरु चल्न सकेको छैन । यस्तै, टंकीसिनवारीदेखि विराटनगरको रानीसम्म मुुख्य कोशी राजमार्गमा मोटरसाइकललाई पनि चल्न समस्या छ ।

biratnagar-hadtal

हिजो राती सर्वदलीय छलफल गरेर विराटनगरमा संघर्ष समिति गठन भएको थियो । समितिले अनिश्चिनकालिन आम हड्तालको घोषणासँगै बिराटनगरको जनजीवन प्रभाबित बनेको छ । विराटनगर बन्द गराउन नेकपा, कांग्रेस, राप्रपा, राजपा, संघीय समाजवादी फोरम लगायतका दलहरु र उद्योगी, व्यापारी पनि सडकमा उत्रिएका छन् ।

तस्विर साैजन्य: काैशल निराैला