धरान: प्रदेश १ को राजधानीबारे हिजो सोमबार संसदमा प्रस्ताव दर्ता हुदा धरान नसमेटिए पछि आन्दोलन चर्किएको छ ।

प्रदेश राजधानीको माग गर्दै आज मध्याह्न विद्यार्थी, युवा र मजदुरहरुले धरानको भानुचोकमा प्रर्दशन गरेका हुन् । राजधानीको माग गर्दै शान्तिपुर्ण आन्दोलन भनेपनि उनीहरुले टायर बालेर प्रर्दशन गरेका थिए । त्यसक्रममा प्रहरी र प्रर्दशनकारीहरुबीच तनाव भएको थियो । प्रहरीले टायर बाल्न अवरोध सृर्जना गर्दा झण्डै झडप भएको थियो । यद्यपी, प्रहरीले वल प्रयोग नगरेपछि झडप हुन भने पाएन । प्रर्दशनमा नेकपा समर्थित विद्यार्थी, युवा र मजदुहरुको बाहुल्यता थियो ।

pradesh-rajdhani-dhrns

प्रहरी अवरोधका बीच टायर बाल्न पेट्रोल छर्कदा दुई विद्यार्थी घाइते भएका छन् । आगोले महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी रविन श्रेष्ठको हात जलेको छ भने बुद्रोस लिम्बूको कपाल, गाला र घाँटीमा आगोको रापले पोलेको छ । दुवैलाई विजयपुर हस्पिटलमा उपचार गरिएको छ । संसदमा धरानलाई राजधानीको प्रस्ताव वा धरानमा पनि संरचना ल्याउने भनेर प्रस्ताव दर्ता नगरिएकोले आन्दोलनमा उत्रिएको विद्यार्थी बुद्रोस लिम्बूले बताए ।

विद्यार्थी, युवा र मजदुरको आन्दोलनमा समर्थन जनाउदै सहभागी साविक माओवादीका नेता चोत्लुङले सदनमा दर्त भएको प्रस्ताव खारेज गरेर वृहत विराट क्षेत्रमा रहेको धरानलाई समेटेर नयाँ प्रस्ताव लैजान माग गरे । धरानबाट निवार्चित जनप्रतिनिधिहरुले नगरबासीको यो आवाजलाई सदनमा पुर्याउन पनि उनले माग गरे ।

IMG_20190506_115212

कांग्रेसले साढे ३ बजे प्रर्दशन गर्ने

प्रदेश राजधानीबारे नेपाली कांग्रेसले धरानमा आज दिउँसो साढे ३ बजे कोणसभा गर्ने भएको छ । कांग्रेसका अनुसार यो कोणसभा प्रदेश सरकार र नेकपाले राजधानीबारे गरेको निर्णयविरुद्ध केन्द्रीत हुनेछ ।

नेकपाका शीर्ष नेता र संसदीय दलको बैठकले विराटनगरलाई स्थायी राजधानी बनाउने र इटहरी, सुन्दरहरैचा क्षेत्रमा कार्यपालिका र व्यवस्थापिकाको संरचना रहने प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो । सदनमा दुई तिहाई बहुमत नेकपाको भएकोले विराटनगरलाई नै स्थायी राजधानी बनाउने यो प्रस्ताव पारित हुने निश्चित छ । यसैविरुद्ध कांग्रेसले प्रर्दशन गर्न लागेको हो ।

IMG_20190506_115247 IMG_20190506_115418 IMG_20190506_120946