झापा:झापाको मेचीनगर नगरपालिका ६ र ७ बाट प्रहरीले करिब १ लाख १९ हजार ४ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिको प्रहरी टोलीले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै सामान वरामद गरेको हो । प्रहरीका अनुसार विभिन्न किसिमका कपडा, भाँडावर्तन, हार्डवेयरको सामान, डाल्डा १ कार्टुन, चामल ४ बोरा, मैदा १ बोरा वरामद भएको छ ।

त्यसैगरी नेपालबाट भारततर्फ लैजाँदै गरेको कालो मरिच १ बोरा, मटर ९ बोरा, सुपारी १५ किलो बरामद गरेको प्रहरीले जनाएको छ । बरामद सामान आज(सोमबार) आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काकडभिट्टा बुझाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।