विराटनगर: प्रदेश १ को राजधानी विराटनगर माग गर्दै आन्दोलन चर्किदै गएपछि मुख्यमन्त्री शेरधन राई र आन्दोलनकारीबीच वार्ता भएको छ ।

वार्तामा मुख्यमन्त्री राईले प्रदेशको राजधानी विराटनगर नै हुने बताएका छन् । मुख्यमन्त्री, प्रदेश सरकारका मन्त्रीहरु र आन्दोलनकारीबीच बिग होटल, विराटनगरमा वार्ता भएको थियो । हिजो राती संघर्ष समिति बनाएका विराटनगरबासीहरुले आज बिहानैदेखि आमहड्तालमा उत्रिएका थिए । उनीहरुको हड्तालले विराटनगरको जनजीवन प्रभावित भएको थियो । मुख्यमन्त्रीको आश्वासनपछि आन्दोलनको कार्यक्रम फिर्ता लिने संघर्ष समितिले तयारी गरेको छ ।