काठमाडौं : पछिल्ला दिन सामान्य दरले ओरालो लाग्दै आएको सुनको मूल्य सोमबार पुनः उकालो लाग्यो । चाँदीको भने स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सयले उकालो लागेर ५९ हजार ५ सयमा कारोबार भयो ।

अघिल्लो दिन ५९ हजार १ सयमा स्थीर रहेको थियो । चाँदीको मूल्य भने यस दिन पनि ७ सय २० मै स्थीर रहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रति औंन्स १२ सय ८३ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।