काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल वायु सेवा निगमका कर्मचारी अवैध सुनसहित पक्राउ परेका छन् ।

ग्राउण्ड ह्यान्डलिङमा कार्यरत रञ्जितकुमार यादवले आइतबार दोहाबाट काठमाडौं अवतरण गरेको निगमको जहाजमा आएका यात्रुले ल्याएको सुन बुझेका थिए ।

प्रहरीले आइतबार यादवलाई तीन सय तोलासुनसहित पक्राउ गरेको हो ।