सप्तरी: सप्तरीको राजगढ गाउँपालिका ३ स्थित झौरा बजार नजिकै खेल्सीबाट एक नवजात शिशु मृतअवस्थामा फेला परेको छ ।

बजारबाट करिब एक किलोमिटर पुर्वमा रहेको खोल्सी छेउमा साडीले छापेको अवस्थामा आज दिउँसो करिब पौने २ बजे प्रहरीलाई सुचना पुगेको थियो । खबर पाएपछि उक्त स्थानमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको सप्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नाजायज सम्बन्धबाट गर्भ रहेपछि कानुनी कारबाही र लोकलाजबाट जोगिन बच्चालाई जन्माएर फालेको हुनसक्ने प्रहरी अधिकारीको भनाई छ ।