धरान:यहाँ जारी प्रथम महिला बास्केटवल च्याम्पियनसिप २०७६ को फाइनलमा धरान १५ स्थित इर्मोटल्स क्लब र डिपो स्कुलबीच उपाधिको लागि भिडन्त हुने भएको छ ।

धरान १८ स्थित डिपो स्कुलको बास्टेवल कोर्टमा आज मंगलबार भएको सेमीफाइनलमा इर्मोटल्सले होराइजन क्लब धरान १७ लाई र डिपोले स्ट्याग क्लब धरान १९लाई हराउदै फाइनलमा भेट पक्का गरेको हो । दुवै टिमबीच बुधबार बिहान फाइनल डिभन्त हुने आयोजक धरान बास्केटवल क्लबले जनाएको छ ।
मंगलबार भएको पहिलो सेमीफाइनल खेलमा होराइजन क्लबलाई ३१–६ को फराकिलो अन्तरमा हराउदै इर्मोटल्स फाइनल पुगेको हो ।

basketball-pix

इर्मोटल्सले राष्ट्रिय खेलाडी अनुषा मल्ल र श्वेता खरेललाई पनि टिममा समावेश गरेको छ । जसले गर्दा इर्मोटल्स प्रतियोगिताको उपाधि दाबेदार टिम हो । मंगलबारको सेमीफाइनलमा इर्मोटल्सलाई हराउन अनुषाले महत्वपुर्ण भुमिका खेलिन् । एक्लैले १९ स्कोर गरेकी अनुषा खेलको वुमन अफ दि म्याच पनि घोषित भइन् ।

यस्तै, दोस्रो खेलमा डिपोले स्ट्याग क्लबलाई ४४–२६ को अंकले हराउदै फाइनलमा इर्मोटल्ससँगको भेट पक्का गर्यो । आफ्नै कोर्टमा भएको प्रतियोगितामा डिपो पनि उपाधिको दाबेदार टिम हो । डिपोसँग पनि गएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नं १ को प्रतिनिधित्व गर्ने खेलाडीहरु छ । त्यसैले डिपो पनि वलियो टिमकोरुपमा प्रर्दशन गरिरहेको छ । आठौं राष्ट्रियमा खेल्ने खेलाडीहरु डा. आशा राई, प्रिति राई, तनु राई, आस्था राई र प्रनिशा ओझा डिपोको टिमबाट खेलिरहेका छन् । सेमीफाइनलमा व्यक्तिगत २० स्कोर गरेकी तनु राई वुमन अफ दि म्याच बनिन् ।

basketball-women's

फाइनलको विजेताले उपाधि ट्रफीसँगै नगद १० हजार प्राप्त गर्नेछ भने उपविजेताले पनि ट्रफीसँगै नगद ५ हजार, मेडल र प्रमाणपत्र हात पार्नेछ । यस्तै, मोस्ट भ्यालुएवल प्लेयर घोषित खेलाडीलाई नगद २ हजार, ट्रफी र मेडल दिइने आयोजक संघले जानकारी दिएको छ । ‘भोलीको फाइनल खेल एकदमै रोमाञ्चक हुने अपेक्षा छ, एउटा टिममा राष्ट्रिय खेलाडी छन्, अर्को टिमबाट पनि आठौं राष्ट्रिय खेलकुदमा प्रदेश १ बाट खेलिसकेका अनुभवी खेलाडी छन्,’नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामाले भने ।

IMG_4088 1

IMG_4147