बीबीसी : राजस्थानको अलवर जिल्लामा एक दलित दम्पत्तीको बाटो छेकेर सुनसान स्थानमा र्पुयाइयो र श्रीमतीमाथि सामूहिक बलात्कारसमेत गरियो ।

घटनाको भिडियो पनि भाइरल बनाइएको छ । यस विषयमा दलित संगठनले अलवरको थानामा प्रदर्शन पनि गरेका छन् ।
पुलिसले यो मामलामा एकजनालाई पक्राउ गरेको छ र चारजनाको खोजी भइरहेको छ । लापरवाहीको आरोपमा एसएचओ सरदार सिंहलाई पनि निलम्बन गरिएको छ । दलित संगठनका अनुसार लोकसभा चुनावका कारण पुलिसले यो घटनालाई थुप्रै दिनसम्म लुकाएर राखे । घटना अप्रिल २६ को हो ।

rajsthan
दलित संगठनका अनुसार पीडित दम्पत्तीले यसबारे मुख खोल्ने हिम्मत गरेनन् किनभने आरोपीले भिडियो भाइरल गरिदिने चेतावनी दिएका थिए । यद्यपी, पछि पैसा मागियो र भिडियो भाइरल बनाइयो ।

पुलिसको कारवाहीः

घटनाका कारण आक्रोशितले मंगलबार पनि प्रदर्शन गर्दै राष्ट्रिय राजमार्ग रोके । त्यसपछि पुलिस सक्रिय भएर एक अभियुक्तलाई पक्राउ र्गयो ।
राज्यका पुलिस महानिर्देशक कपिल गर्गले पत्रकार सम्मेलनमा घटनामा पाँचजनाको संलग्नता देखिएको र अभियुक्तको खोजीमा १४ समूह गठन गरिएको जानकारी दिए ।
पीडितको मेडिकल एवं फरेन्सिक जाँच पनि भइरहेको उनले जानकारी दिए ।

prottest
प्रदर्शनमा संलग्न अलवर जिल्लाका दलित कार्यकर्ता चरण सिंहले बीबीसीसँगको कुराकानीमा घटना २६ अप्रिलको बताएका छन् । उनका अनुसार पीडित आफ्ना श्रीमानसँग मोटरसाइकलमा गइरहेका बेला पाँचजनाले उनीहरुलाई घेरेर रोके र सुनसाना स्थानमा लगेर श्रीमानको सामुन्ने नै पीडितमाथि दुष्कर्म गरे ।
दलित संगठनका अनुसार अभियुक्त भिडियो बनाइरहे र श्रीमानलाई निर्घात कुटिरहे ।