वासिंटन : इरान र अमेरिकाबीचको तिक्तता फेरि चुलिएको छ । अन्तर्रा्ष्ट्रिय परमाणु सम्झौताबाट अमेरिका पछि हटेको एक वर्षपछि इरानले त्यसका प्रमुख प्रतिबद्धताहरूलाई स्थगित गरेको छ ।

इरानले सम्झौताका बाँकी हस्ताक्षरकर्ताहरू फ्रान्स, जर्मनी, रुस, चीन र ब्रिटेनलाई यससम्बन्धी निर्णयबारे जानकारी गराएको छ । इरानी राष्ट्रपति हसन रुहानीले विशेष खालको युरेनियमलाई अन्य देशमा बिक्री गर्नुको सट्टा आफ्नै देशमा त्यसको प्रवर्द्धन गर्ने बताएका छन् । उनले युरेनियमको उत्पादनलाई अबको ६० दिनमा उच्च तहमा र्पुयाउने चेतावनीसमेत दिएका छन् ।

यो सम्झौता इरानको परमाणु महत्वाकांक्षालाई सीमित पार्ने लक्ष्यसहित ऊमाथिको रहेको प्रतिबन्ध खुकुलो पारेर गरिएको थियो । सम्झौताबाट पछि हट्दै अमेरिकाले प्रतिबन्धहरू पुनः लगाएपछि इरानको अर्थतन्त्रमा नराम्ररी धक्का लागेको छ ।

इरानका विदेशमन्त्री जावद जरिफले सम्झौता अन्तर्गतको अधिकारबमोजिम इरानले काम गरिरहेको र अब तीन युरोपेली शक्तिले त्यसमा काम गर्नुपर्ने बताए ।

त्यसको प्रतिक्रियामा, फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले फ्रान्सेली मिडियामा युरोपेली शक्तिहरू सम्झौतालाई जीवित राख्नका लागि आफूले सक्ने सबैकुरा गरिरहेको र सम्झौता पालना नभए त्यसको फल भोग्नुपर्ने चेतावनी दिएका छन् ।

चीन र रुसले वर्तमान परिस्थितिका लागि वासिंटन दोषी रहेको बताएका छन् । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले पूर्व्निर्धा्रित कार्यक्रम बिनै इराकको भ्रमण गरेपछि र अमेरिकाले मध्यपूर्वमा आफ्ना लडाकु विमान र बमबर्षक यान पठाउन लागेको सार्वजनिक गरेसँगै दुई देशबीचको तनाव थप चुलिएको हो ।