विराटनगर: ६ लेन सडकको साइड रोड र नाला समयमा नै निर्माण नहुदा प्रदेश नं १ को राजधानी विराटनगरबासीहरु लामो समयदेखि धुलो खान बाध्य छन् ।

लामो समय बितिसक्दा पनि निर्माणमा ध्यान नदिएको भन्दै बिहिबार धरान विराटनगर सडकखण्ड अन्र्तगत मुनाल थपका स्थानीयबासिन्दाहरु आन्दोलनमा निस्किएका छन् । उनीहरुले आज सडकमा नै अवरोध पुर्याए । स्थानीयबासीले बाटोको बीच्मा टेवल, कुर्सी मात्र राखेनन्, डोरी पनि टाँगेर यातायात आवागमनलाई अवरुद्ध पारे । बिहान ९ बजेदेखि करिब एक घण्टासम्म उनीहरुले यातायात ठप्प पारेका थिए । सडक अवरुद्ध भएपछि विद्यार्थी बोकेको बस पनि रोकिएको थियो । सडकमा उत्रिएका स्थानीयबासीहरुले महानगरपालिका र ठेकेदार कम्पनीविरुद्ध नाराबाजीसमेत गरे ।

brt-road,

सडक नै जाम भएपछि प्रहरीले स्थानीयलाई धरपकड गरेर अवरोध खुलाएको थियो । केहीबेर स्थानीयबासी र प्रहरीबीच तनाव पनि भएको थियो । महानगर वडा नं २ का अध्इक्ष कुमार पोखरेलले छलफल गरेर समस्या समधान गर्ने आश्वासन दिएपछि स्थानीयबासीले सडक खुलाएका थिए । स्थानीयका अनुसार सम्बन्धित निकायलाई धेरै पटक खबर गरेर समयमा नै निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्दा पनि कतैबाट सुनुवाई भएन । त्यसपछि सडकमा नै उत्रिएर बन्द गर्नुपरेको उनीहरुको भनाई छ ।

'धुलो खाएको महिनौ बितिसक्यो, पटक पटक भन्यौ सुनुवाई नै नभएपछि यसरी सडकमा आन्दोलन गर्न बाध्य भयौ,'एक स्थानीयले भने । पीडित स्थानीयबासीका अनुसार रोड छेउमा भएका घर परिवारलाई धुलोले स्वास्थ्यमा समेत असर पार्न थालिसकेको छ । दिनहुँ धलो नउडोस् भनेर पानी छर्कनुपर्ने बाध्यता भएको पीडितहरुले बताए । तस्बिर स्रोत:आवरविराटनगर

brt-road0