ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “नेपाली महिलालाई भारत हुँदै खाडी लैजाने दलाल सक्रिय” शीर्षकको समाचार छापिएको छ । नेपाली महिलाहरुलाई भारतका मिजोरम, मणिपुरहुँदै अवैधरुपमा खाडी मुलक पुर्याउन दलालहरुको सक्रियता बढेको पाइएको छ । पूर्वी नेपालहुँदै भारतको मिजोरम पुर्याइएका २३ नेपाली महिलालाई उद्दार गरी बिहीबार नेपाल फर्काइएको छ । यसअघि पनि सोहि बाटो हुदै लगिएको १ सय २३ महिलालाई फर्काइएको थियो । मिजोरमको चम्फी भन्ने ठाउँबाट ती नेपाली महिलाहरुलाई उद्दार गरिएको मिजोरम प्रहरीका महानिरीक्षक एलएच शान्लियानाले जानकारी दिएका छन् । उनीहरु घुमघामको बहानामा मिजोरम प्रवेश गरेका थिए । लालबहादुर नाम गरेका नेपाली दलालले उनीहरुलाई मिजोरम पुर्याएको प्रहरीले जनाएको छ । नेपाली महिलाहरुलाई वैदेशिक रोजगारीका लागि मिजोरम, बर्मा हुँदै दक्षिणएसियाली देशहरु र खाडि मुलुकसम्म घरेलु कामदारका लागि लैजाने क्रममा महिलाहरुलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “बालिकालाई फकाएर विवाह गर्ने पक्राउ” शीर्षकको अर्को समाचार पनि छापिएको छ । पाँचथरमा बालिकालाई फकाएर विवाह गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले हिलिहाङ ७ का २३ वर्षीय चक्र तामाङलाई पक्रेको हो । तामाङले तेह्रथुमको आठराईकी एक बालिकालाई ललाई–फकाई विवाह गरेको बालिकाको परिवारको आरोप छ । परिवारका अनुसार तामाङले कक्षा ८ मा अध्ययनरत ती बालिकालाई फकाई–फुल्याई फिदिम बजारको शनिबारेस्थित शिवालय मन्दिरमा ल्याएर सिन्दुरपोते गरी तामाङले विवाह गरेका हुन् । बालिकाको अभिभावकले दिएको जाहेरीको आधारमा तामाङलाई बुधबार पक्राउ गरिएको पाँचथर प्रहरी प्रवक्ता इन्स्पेक्टर अनिलकुमार पौडेलले बताए । तामाङ विरुद्ध बालविवाह मुद्दा अन्तर्गत म्याद थप गरी अनुसन्धान भईरहेको इन्स्पेक्टर पौडेलले बताए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा राजमार्ग बाइपास गर्न माग ” शीर्षकको समाचार छापिएको छ । कुनै बेला चिाइतोको स्वाद जति तितो थियो मूल्य भने ठिक उल्टो गुलियो थियो । तितो चिराइतोको मिठो मूल्य पाएर हौसिएका भोजपुरका कृषक अहिले भने निराश बन्न थालेका छन् । चिराइतोको मूल्यम ागिरावट आएपछि कृषकको बारीमा रहेको चिराइतोसमेत खेर जाने अवस्थामा पुग्न थालेको छ । लागत मूल्य नै उठ्ने अवस्था नबनेपछि कृषकको बारीमै चिराइतो रहन थालेको हो । उत्तरी षडानन्द नगरपालिका ९ किमालुङका मिमछिरी शेर्पाले आफ्नो ४ रोपनी बारीमा चिराइतो खेती लगाएका छन् । वषैदेखि चिराइतो लागएका उनले दुई वर्षअघि प्रतिमन चिराइतो ५७ हजारसम्म बिक्री गरे । ज्वरो, दम, पिसाब पोल्ने, कलेजो, अल्सर, औलो, छालाका रोगका लागि अचुक औषधी मानिने चिराइतोको मूल्य राम्रै हाला भनेर चिराइतो खेतीलाई राम्ररी मलखाद पनि गरे । नभन्दै त्यही ४ रोपनीमा २ मन बनाएको चिराइतो बढेर साढे ४ मन बनाए । तर, मूल्य बढ्नुको साटो घट्न थालेपछि उनी निराश बने । गत साल त उनले साढे ५ सय रुपैयाँ प्रतिकेजीमा चिराइतो बेच्न बाध्य भए ।

औजार : आजको औजार दैनिकमा “राजमार्ग बाइपास गर्न माग” शीर्षकको समाचार छापिएको छ । मदन भण्डारी राजमार्गले धरान ६ पानवारीको आवादी क्षेत्र विनाश हुने भन्दै पानवारी क्षेत्रमा त्यसको बाइपास गर्न माग गरेका छन् । बाटो संघर्ष समिति धरान उपमहानगरपालिका वडा नं. ६ तल्लो पानवारी नामक संघर्ष समिति गठन गरेर सम्बन्धित उपभोक्ताहरु आन्दोलनमा उत्रिएका छन् । मदन भण्डारी राजमार्गके सर्भे अनुसार डिपिआर तयार भइ बाटो निर्माण कार्य अघि बढेमा राज आसपासका २ सय ५० बढी बासिन्दा सुकुम्बसी हुने भएको भन्दै स्थानीयले राष्ट्रिय गौरवको आयोजना बाइपास गर्न माग गरेका हुन् । संघर्ष समितिका संयोजक शालिग्राम बजगाईले राजमार्ग बाइपास गरी बेलामै विकल्प खोज्न आग्रह गरेका छन् । संघर्ष समितिले यस विषयमा सरोकारवाला निकायलाई ध्यानाकर्षण गर्दै ज्ञापनपत्र समेत बुझाइसकेको छ ।