भोजपुर : भोजपुरमा सडक खन्दा गुप्तेश्वर महादेव भेटीएको छ ।

सडक खन्ने क्रममा भोजपुरको रामप्रसाद राई गाउँपालिका–३ भुल्केमा गुप्तेश्वर महादेव फेला परेको हो । देवीदेवताको मूर्ति फेला परेपछि स्थानियले गुप्तेश्वर महादेव भनी नामाकरण गरेका छन् ।

स्थानीय पुजारी गणेशप्रसाद निरौलाले परापूर्व कालमा त्यहाँ देवस्थल रहेको तर पहिरोले पुरिएको हुनसक्ने बताए । देवस्थलमा अहिले भक्तजन आउने गरेका छन् । सो ठाउँमा साँझ बिहान पूजापाठ गरिन्छ । उक्त स्थानमा शिवलिङ्गसँगै अन्य विभिन्न देवीदेवताको मूर्तीसमेत देख्न सकिन्छ ।

गत पुसमा वडा कार्यालयदेखि धोद्खानीको फिलुङगेटारसम्म करीब तीन किलोमिटर सडक विस्तारका क्रममा विभिन्न देवीदेवताको मूर्ति भेटिएको हो । उक्त धार्मिक स्थललाई संरक्षण गर्न स्थानीयहरु जुटेका छन् ।