काठमाडौं : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अनेरास्ववियु(क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल समातिएका छन् ।

प्रहरीले उनलाई काठमाडौंबाट समातेको बताइएको छ । विभिन्न ११ विद्यार्थी संगठनको संयुक्त कार्यक्रमबाट नै प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनी पक्राउ परेको पुष्टि गरिसकेको छ । ढकाललाई महानगरिय प्रहरी परिसर काठमाण्डौंमा राखेर पथ अनुसन्धान गरिरहेको प्रवक्ता होमिन्द्र बोगटले जानकारी दिए ।