तेह्रथुम:प्रदेश नम्बर १ स्तरीय प्रथम पुरुष फुटबल प्रतियोगिताको उपाधि जिल्ला खेलकुद विकास समिति इलामले उचालेको छ ।

जिल्ला खेलकुद विकास समिति धनकुटालाई शुक्रबार सम्पन्न फइनल खेलमा १ का विरुद्ध २ गोलले पाखा लगाउदै इलामले उपाधि उचालेको हो । इलामले उपाधिसँगै नगद १ लाख ५० हजार ट्रफी तथा प्रमाणपत्र हात पारेको छ भने धनुकटाले उपविजेता हुदै नगद ७५ हजारमा चित्त बुझाएको छ । इलामको जितका लागि खेलको ३२ औं मिनेटमा शिशिर लेखी र ५८ औ मिनेटमा पासाङ शेर्पाले गोल गरेका थिए ।

ff

अत्यन्तै प्रतिस्पर्धात्मक खेलको ३२ औ मिनेटमा म्यान अफ दि म्याच लेखीले हेममणी मगरको हेडिङ पासमा हेडिङ मार्फत जाली चुमाउदै्र आफ्नो टिमको अग्रता कामय गरेका थिए । म्यान अफ दि म्याच हुदै उनले ट्रफी तथा नगद २५ सय ११ हात पारे । ७० मिनेट खेलाइएको प्रतियोगिताको पहिलो हाफ १ शुन्यमा सकिएको थियो । पासाङ शेर्पाले खेलको ५८ औ मिनेटमा सुशान्त कार्कीको क्रस पासमा हेडिङ फ्लिक गर्दै निर्णायक गोल गरे । सुरुवाती राम्रो खेल प्रदर्शन गरेको धनकुटाले भने फिनिसिङमा चुक्दा उपविेतामामै चित्त बुझाउन बाध्य भयो । धनुकटाको लागी एक मात्र सान्त्वना गोल खेलको ७० औ मिनेटमा गरेका थिए ।

सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले पहिलो पटक तेह्रथुमको लालीगुराँस नगगरपालिकास्थित वसन्तपुर खेल मैदानमा पहिलो पटक आयोजना गरेको प्रतियोगिता विजेता टिमलाई प्रदेश नम्बर १ का सभामुख प्रदीपकुमार भण्डारीले नगद, प्रमाण पत्र, मेडल र ट्रफी प्रदान गरेका थिए भने उवविजेता टिमलाई प्रदेश सांसद लक्ष्मण तिवारीले नगद प्रमाण पत्र वितरण गरेका थिए । बैसाख २१ गतेबाट सुरु भएको प्रतियोगितामा प्रदेश नम्बर १ का १४ वटै जिल्लाको सहभागिता रहेको थियो ।