धरान: ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले आज शनिबार धरानमा ‘बैचारिक साँस्कृतिक कार्यक्रम’को आयोजना गर्दैछ ।

धरान–१० स्थित सैनिक भवनमा हुने कार्यक्रमको उद्घाटन नेकपा माओवादी (क्रान्तिकारी)का अध्यक्ष मोहन बैद्य किरणले गर्नेछन् । उनी धरान आइसकेका छन् । पूर्व गोर्खा सैनिकहरुलाई सेवानिबृति पछि विभेद र असमानपूर्ण व्यावहार गरेको भन्दै दबाब सिर्जना गर्नको लागि बिगेसोले बैचारिक बहस गर्ने भएको हो । बिगेसोका सभापति पदम सुन्दर लिम्बूका अनुसार कार्यक्रमको पहिलो चरणमा भूतपूर्व गोर्खा सैनिकहरुप्रति गरिएको विभेदहरुका सम्बन्धमा बृत्तचित्र देखाइने छ ।

त्यसैगरी, दोस्रो प्रमुख राजनीतिक नेताहरु, इतिहासविद्, राजनीतिकशास्त्री, पूर्व गोर्खा सैनिकलगायतले आ–आफ्नो विचार राख्ने जनाइएको छ । सन् १९४७ को नेपाल, भारत र इष्टइन्डिया कम्पनीबीच त्रिपक्षिय संन्धि सम्झौता भएको थियो । जसमा गोर्खा सैनिकहरुप्रति असमान र विभेदपूर्ण व्याहार गरिएको बिगेसोका सभापति लिम्बूले जनाए । ‘ेबेलायतिहरुलाई शिक्षा दिइन्छ, तर गोर्खा सैनिकलाई दिइन्दैन,’सभापति लिम्बूले भने । उनले त्रिपक्षिय सन्धि सम्झौता खारेजीको माग गदै सर्बोच्च अदालतमा मुद्धा हालेको बताए । ‘असमान त्रिपक्षिय सन्धि खारेजीको लागि सर्बोच्चमा रिट हालेका छौं,’उनले भने,‘हाम्रो पक्षमा फैसला हुनेमा विश्वस्त छौं त्यसले आमा नेपालीको शिर उचो राख्ने छ ।’

Untitled-1

विश्वयूद्धको बेला ज्यान गुमाउने र बेपत्ता पारिएका गोर्खा सैनिकहरुको अहिलेसम्म पनि खोजी नगरिएको भन्दै नेपाल सरकारले यसमा गम्भिर बन्नुपर्नेमा जोड दिए । नेपाल सरकारको कमजोरीको फाइदा ब्रिटिस शासकहरुले उठाएको बताउदै गोर्खा सैनिकहरुले मुद्दा जित्दा मात्र समृद्ध नेपाल सुखी नेपाली अभियानले सार्थकता पाउने बताए । पूर्वगोर्खा सैनिकहरुप्रति गरिएको अन्याय र विभेदहरुका सम्बन्धमा आम समुदायमा पु¥याउन र नेपाल सरकारलाई समेत दबाब सिर्जना गरिदै जाने बताए ।

नेपालको मित्र राष्टहरुसंग नेपाली यूवाहरु नै लडाइमा भिडाउने यो बन्द गरिनु पर्ने बिगेसोका सल्लहकार नगेन्द्र राईले बताए । पञ्चशिलको नीति विरुद्ध मित्र राष्ट्रहरुसंग भिडाउने नमिल्ने बताए । ‘नेपालको मित्र राष्ट्रहरुसंग नेपाली यूवाहरु प्रयोग गरेर भिडाउनु मिल्दैन, जस्तो चाइनासंग हाम्रो यूवाहरु भिडाउनु मिल्छ ? कुटनीतिक हिसावले त्यो मिल्दैन,’उनले भने,‘ब्रिटिसले यसरी हाम्रो यूवाहरु प्रयोग गरिरहेको छ, यो बन्द गर्नुपर्छ, बिगेसोले उठाएको प्रमुख माग यो ।’ कार्यक्रममा मानवशास्त्री डा. ओम गुरुङ, परराष्ट्रविद् तथा पूर्व राजदुत ह्यिन्लाल श्रेष्ठ, पूर्व सांसद परी थापालगायतको समेत सहभागिता रहने जनाइएको छ । यसैगरी, राष्ट्रिय कलाकारहरु सम्भु राई, मनु नेम्बाङ, देशु सुहाङलगायतको प्रस्तुति रहने छ ।