धरान(डेस्क) : मोरङको कटहरी गाउँपालिका १ महेशपुर स्थित घरको कोठाभित्र गोली लागी एक युवक घाईते भएका छन्।


विराटनगर महानगरपालिका १२ घर भएका २४ वर्षिय रुपेश कामत आफ्नै भीनाजु नाता पर्ने श्याम रायको घरमा बस्दै आएका थिए । उक्त घरमा हाल रुपेश र उनको भाई मात्र बस्ने गरेकोमा भाई बाहिर गएको र दिदि भिनाजु केहि पर अर्कै घरमा बस्दै आएकोमा शुक्रबार राती पौने ९ बजेको समयमा रुपेशमाथि गोलि प्रहार भएको थियो ।
गोलि लागेर कोठा भित्र गम्भिर घाईते भएको अवस्थामा आफन्तले रुपेशलाई फेला पारेपछी तत्काल प्रहरीलाई खबर गर्नुकासाथै घाईतेलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगरमा लगेका थिए । घटनाबारे जानकारी पाउनासाथ तत्काल घटनास्थलमा खटिएको प्रहरीको टोलीले घटनाबारे थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।