इटहरी: नेपाल ईन्फो नामक एप्स लन्च भएको छ । इटहरीमा शनिबार एक भव्य कार्यक्रमका बीच एप्सको उद्घाटन इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले गरिन् ।

एप्सलाई प्रोजेक्टरको माध्यमबाट उद्घाटन गर्दै गौतमले देशका सबै क्षेत्रको सुचना एउटै माध्यबाट लिन सकिने गरी एप्स शुरुवात हुनु महत्वपुर्ण कार्य भएको बताइन् । उनले भनिन्,‘हामीहरुले केही कुरा कुनै ठाउँको बारेमा खोज्नुपरेमा अंग्रेजीमा मात्रै भेट्छौँ, तर नेपाली र अंग्रेजी दुवै माध्यममा एकै ठाउँमा सबै क्षेत्रको सूचना पाउनु सह्रानीय छ ।’ टुरिजम क्षेत्र र व्यापार प्रबर्धनको क्षेत्रमा नेपाल ईन्फोले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै गौतमले जुनै कुरा पनि जान्नका लागि सहज हुने बताईन् ।

DSC_0267

कार्यक्रममा नेपाल ईन्फोका कार्यकारी प्रमुख पुजा कोईरालाले एप्सको बारेमा प्रकाश पारेकी थिईन् । एप्समा पर्यटनका कुरादेखि लिएर स्थानीय सरकारको बारेमा पनि जानकारी लिन सकिने बताईएको छ । कार्यक्रम नेपाल ईन्फोका अध्यक्ष करण बिष्टको सभाध्यक्षमा सम्पन्न भएको थियो । एप्सको शाखा देशैभरी खोल्ने बताइएको छ । करीब १५ लाख बढीको लागतमा निर्माण भएको उक्त एप्समा हालसम्म एक दर्जन बढी शाखा खोलिएको बताईएको छ ।