इटहरी : पाँचदिनअघि इनरुवा वडा नं. २ स्थित बालमन्दिर माध्यमिक विद्यालयको मूलगेटको ताला फोडेर कम्प्यूटर कक्ष र लेखापाल कक्षको सामान चारी भयो ।

तीन दिनअघि इनरुवा वडा नं. १ स्थित टेम्पो स्टेण्ड नजिकै चाँदनी आधारभुत विद्यालयको कार्यालय पनि तोडफोड गरी सामान चोरी गरेर केहीमा आगजनीसमेत गरेको भेटियो । विद्यालयमा यसरी श्रृंदलाबद्ध रुपमा चोरी हुने क्रम बढेसँगै प्रहरीले गम्भिर अनुसन्धान थाल्यो । अन्ततः चोरी गरेको आरोपमा सात जना बालकलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । प्रहरीले इनरुवा नगरपालिका र गढी गाउँपालिका क्षेत्रका बालकलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो ।
सातै जना बालकलाई प्रहरीले अदालतबाट पाँचदिने म्याद थप गरेर अनुसन्धान थालेको हो । पक्राउ पर्ने बालकको साथबाट विभिन्न सामानसमेत बरामद गरेको छ । जसमा एलसिडी, साउन्ड बक्स, थर्मस, राइस कुकर, सानो हुफर, घडी, सानो एफएम, मल्टिप्लक, दाउ, चक्कु, चर्ट लाइत, रिमोटलगायतका सामाग्री प्रहरीले बरामद गरेको छ । यसरी एकपछि अर्को फौजदारी अपराधका घटनामा बालबालिकाको संख्या बढ्दो छ । बालबालिका नै अपराधमा संलग्न हुनुको कारणमा अपराधिक मनोवृत्तिका ल्यक्तिको संगत नै मुख्य भएको प्रहरीले जनाएको छ । –नागरिक पूर्वेली दैनिकबाट