धरान(डेस्क) : मे मेजरमेन्ट मन्थ २०१९ अहिले देशैभरी विभिन्न ठाउहरुमा रक्तचाप मापन गर्दै र उचित सल्लाह सुझाव दिदै मनाइदैँ छ ।


ईन्टरनेसनल सोसाइटी अफ हाइपर्टेन्सनको पहल तथा नेपालका संयोजकको सहयोगमा अङ्ग्रेजी मे महिनाभरी देशका भिभिन्न ठाउहरुमा, विभिन्न संघ सस्थाहरु र स्वयंसेवकको सहयोगमा रक्तचाप नाप्ने कार्यक्रम भइरहेको छ ।

धरानमा उक्त एकाइका साथसाथै वि.पि.कोइराला स्वस्थ्य विज्ञान प्रतिस्ठानकै डा.प्रज्वल प्याकुरेल को समुहले पनि रक्तचाप मापन कार्यक्रम चलाइरहेका छन् । मधुमेह र मृगौलाका बिरामीहरु, ३५ वर्ष नाघेका व्यक्तिहरु विशेषगरी पुरुष, धेरै मोटाएको, धूम्रपान मध्यपान गर्ने, उच्च मानसिक चिन्ता र तनाबमा रहने, उच्च रक्तचापको पारिवारिक पृष्ठभुमि भएका, नुनको अधिक प्रयोग गर्ने, परिश्रम तथा व्याम नगरी आरामदायी जीवन बिताउने व्यक्ती र गर्भवती महिलामा उच्च रक्तचापको जोखिम बढी हुने कुरा डा. प्याकुरेलले बताए ।
सोही अभियानमा संलग्न स्वयंसेविका नर्स अनुपा अर्यालले भनिन्, ‘धेरै जसो मानिसमा उच्च रक्तचाप हुँदापनी कुनै बाहिरी समस्याहरु नदेखिन सक्छन तर टाउको दुख्दा, कान कराउदाँ, आँखा राम्ररी नदेखेमा, छाती दुखेमा, रिंगटा लागेमा र खुट्टा सुन्निने जस्ता लक्षणहरु देखिएमा तुरुन्तै रक्तचाप नाप्नु पर्दछ ।’

जीवनशैलीमा परिवर्तन गर्दै चिकित्सकको सल्लाह अनुसार औषधि नियमित रुपले खानु र समय समयमा जाँच गर्नु नै रक्तचाप नियन्त्रणको मुल सुत्र हो ।