धरान : नेकपा माओवादी क्रान्तिकारीका महासचिब मोहन बैध (किरण)ले वर्तमान सरकार दुई तिहाइको दम्भमा अगाडी बढेको आरोप लगाएका छन् ।

ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)द्वारा शनिबार धरानमा आयोजित वैचारिक साँस्कृतिक कार्यक्रममा सहभागी हुन धरान आएका नेता बैधले यस्तो बताएको हो । उनले ओली नेतृत्वको दुई तिहाइको सरकार ५ वर्ष नटिक्न ठोकुवा गरे । ‘ओली नेतृत्वको सरकार जसो तसो बल्ल १ वर्ष पुग्यो’ नेता बैधले भने ‘अब बाँकी ४ वर्षसम्म टिक्ला त, त्यो हेर्न बाँकी छ’ ।

नेता बैधले वर्तमान सरकारले विकासको नाममा भड्कीलो प्रचार मात्र गरेको आरोप लगाउदै यसले देशमा समृद्धि हासिल नहुने दाबी गरे । उनले देशमा समृद्धि ल्याउनको लागि राष्ट्रिय उद्योग धन्दा सञ्चालन गर्नुपर्ने खाँचो औल्याउदै यता तिर सरकारको ध्यान जान नसकेको बताए । ‘देशमा समृद्धि ल्याउनको लागि राष्ट्रिय उद्योग धन्दा सञ्चालन गर्नुपर्छ’ उनले भने ‘यूवाहरुलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सकिन्छ अनि देश समृद्ध बन्छ, यतातिर सरकारको ध्यान छैन’ ।
नेपालका प्राकृतिक स्रोत साधन विदेशीलाई सुम्पेर देशमा समृद्धि हाशिल गर्ने सपना नदेख्न आग्रह गदै सरकारले विकास र समृद्धिको नाउमा सपना मात्र बाडेको टिप्पणी गरे ।
जनयुद्धपछि देशमा आमुलपरिवर्त आउछ भन्ने जनताको आसा र भरोसामाथी नाम मात्रका कम्यूनिष्टले धोका दिएको उनको भनाइ थियो । जनयूद्धको मुल मर्म सबै जाती, वर्ग मिलेरमात्र देशलाई नयाँ यूगमा लान सकिने बताउदै अब फेरी नयाँ आन्दोलनको सुरवात गर्ने बेला आएको नेता बैधले संकेत गरे । जातीय समानताको मुद्धा उठाउँदा आफुहरुलाई जातीबादीको आरोप लगाएको बताउदै नेता बैधले नेकपाका नेतृत्वकर्ताद्वय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड आन्दोलनको पृष्टभुमिबाट नै स्थापीत भएको बताए । तर, अहिले सत्तामा पुगेपछि विगतका दिनहरु भुलेको आरोप लगाए । ‘झापा विद्रोहका नेता प्रधानमन्त्री ओलीे र जनयुद्धका नेता प्रचण्डले विगतका दिनलाई विर्सिए’ नेता बैधले भने ‘विगतका दिनहरु विर्सिएर सत्ता बोक्ने दुई तिहाइको सरकार कत्ति दिन टिक्छ, विस्तारै थाहा हुन्छ’ । आफुहरु देशलाई नयाँ यूगमा लानको लागि सर्घषरत रहेकोले यसमा नअतालिन सबैलाई नेता तथा कार्यकर्तालाई उनले आग्रह गरेका थिए । बिगेसोले उठाएका सबै मुद्धाहरु जाहेज रहेको र आफ्नो पार्टीले उठाएको मुद्धासंग मिल्दो भएकोले पूर्ण समर्थन र सहयोग गर्ने जनाए ।

baicharik

बिगेसोले उठाएका सन् १९४७ को नेपाल, भारत र तत्कालिन इष्ट इन्डिया कम्पनीसंगको त्रिपक्षिय सन्धी नेपाली जनताको हित विपरीत रहेको बताउदै यसमा तीन देशका सरकार गम्भिर बन्नुपर्ने बताए । सुगौलिको सन्धिले नेपाललाई खुम्च्याएको बताउदै यसैको परिणाम अहिले गोर्खा सैनिकले भोग्नु परेको बताए । यसैगरी, अखिल नेपाल जनजाती महासंघका महासचिब एबंम बिगेसोका सल्लाहकार नगेन्द्र राईले गोर्खा सैनिकलाई बेलायत सरकारले एनआरएनलाई जस्तो व्यावहार गरेको बताए । सरकारले नेपाली यूवाहरु गोर्खा सैनिकमा भर्ति भएपछि रोयल्टी वापत आर्थिक लाभ लिएपछि उनीहरुको हक अधिकारका लागि नेपाल सरकारले पहल थाल्नुपर्नेमा जोड दिए । तर, सरकारले यस विषयमा चासो नदिएको आरोप लगाए । कार्यक्रममा गायक सम्भु राई, गायिका मनु नेम्बाङलगायतले आफ्ना चर्चित गीतबाट दर्शकलाई नचाएका थिए । कार्यक्रमको औपचारिक शुरु हुनपूर्व गोर्खा सैनिकलाई गरिएको विभेदको विषयमा बृतचित्र समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम बिगेसोका सभापती पदम सुन्दर लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो ।