काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संघीय संसदमा पेश गरेको मिडियासम्बन्धी विधेयकप्रति आपत्ति जनाएको छ । कांग्रेसले यो विधेयक फिर्ता लिन बाध्य बनाउने चेतावनी समेत दिएको छ ।

ललितपुरको सानेपास्थित पार्टी कार्यलयमा आज आइतबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले प्रेस काउन्सिल सम्वन्धी विद्येयक संविधानको भावना र मर्म प्रतिकुल रहेको जनाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडियासम्बन्धी सरकारले ल्याएको विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेको बताउँदै संसद र सडक दुवै आन्दोलनबाट फिर्ता लिन बाध्य पार्ने चेतावनी दिए । सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको जग भएको उल्लेख गर्दै त्यसलाई हनन् गर्ने कुनै पनि गतिविधि आफ्नो पार्टीलाई सैह्य नहुने दोर्होयाए ।

कांग्रेसद्धारा जारी विज्ञप्तिमा भनिएको छ, संविधान र मानवअधिकार घोषणापत्रले तय गरेका मान्यता प्रतिकुल सञ्चार ऐनहरु बनाएर प्रेस र अभिव्यक्ति स्वतन्त्रता निस्तेज र नियन्त्रण गर्ने श्रृखंलालाई सरकारले निरन्तरता दिएको छ । संसदमा प्रस्तुत भएका र प्रस्तुत हुने क्रममा रहेका प्रेस अभिव्यक्ति स्वतन्त्रतातका विरुद्ध सवै विद्येयकहरुलाई गम्भिर ढंगले लिईएको कांग्रेसले जनाएको छ । नियमन गर्ने नाममा प्रेस स्वतन्त्रतालाई कुनै पनि ढंगले असर नर्पुयाउन समेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

यसैबीच, प्रेस काउन्सील सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विद्येयकको विरोधमा आन्दोलन शुरु गरेको नेपाल पत्रकार महासंघले आज सरोकारवालासंग छलफल गरेको छ । महासंघले १ साताका लागि संर्घषका कार्यक्रम समेत घोषणा गरेको छ ।