इटहरी:तरहरा जेसीजको आयोजनामा आईतबार भएको मैत्रीपूर्ण फुटसलमा जेसीजसँग पत्रकार टोली ३–१ ले पराजित भयो ।

जेसीजका भीम खड्का, यज्ञ सब्बा र बहादुर तामाङले गोल गर्दा पत्रकारको तर्फबाट विवेक विवश रेग्मीले १ गोल गरेका थिए । तरहरा जेसीजको तर्फबाट अध्यक्ष विकास गिरी सहित बहादुर तामाङ, यज्ञ सुब्बा, ओम खड्का, प्रेम चौधरी, भीम खड्का, बिष्णु दुलाल मैदानमा उत्रिएका थिए भने पत्रकारको तर्फबाट गुरु ढकाल, बाबुराम सुवेदी, विकल पौडेल, विकल रेग्मी र विवेक विवश रेग्मी मैदानमा उत्रिएका थिए ।

पत्रकार र जेसीजबीचको सम्बन्ध बनाउनका उक्त फुटसल कार्यक्रमको आयोजना गरिएको तरहरा जेसीजका अध्यक्ष विकास गिरीले बताए । उनका अनुसार तरहरा जेसीजले विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको छ । फुटसल कार्यक्रम ओम खड्काको संयोजकत्वमा सम्पन्न भएको थियो । आगामी दिनमा पनि जेसीज र पत्रकारबीचको सम्बन्ध सुमधुर बनाउन विभिन्न कार्यक्रको आयोजना गर्ने बताईएको छ ।