धरान: खर्चको अभावमा एक दलित परिवारका ७ बर्षीय बालकको उपचारमा कठिनाई भएको छ ।

संखुवासभाको चैनपुपर नगरपालिका वडा नं ६ का ७ बर्षीय सागर बयरकोटीको १४ महिनाको उमेरदेखि नै दुवै मृगौलामा समस्या देखिनुका साथै मुटुमा समेत समस्या देखिएको थियो । बयरकोटी परिवारले उपचारका लागि दाताको खोजीमा धेरै ठाउ चाहरे पनि आवश्यक जोहो हुन सकेको छैन । उपचारमा आफ्नो पुख्र्यौल सम्पति बेचेर घरबारविहिन हुनुपर्ने बाध्यता आइलागेको परिवारजनको भनाई छ ।

आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बच्चा वार्डमा भर्ना भएका ती बालकलाई सहयोगी दाताहरुले दिएको रकम पनि सकिएपछि झन् समस्या भएको आमा कमला बयरकोटीले बताइन् । उनले समस्या देख्ने वित्तिकै काठमाण्डौमा आफन्तसँग सम्पर्क गरिन् । काठमाण्डौमा बसोेबास गरेका संखुवासभाका सर्वसाधारणले उपचारमा केही सहयोग पु¥याएको उनले बताइन् । काठमाण्डौको शिक्षण अस्पतालमा ५ लाख बढी उपचारमा खर्च भइसकेको आमा कमलाले बताउछिन् । आर्थिक अभावकै कारण छोराको उपचार गर्न नसकेपछि श्रीमान धनबहादुर बयरकोटीले गत पौष महिनामा आत्महत्या गरेको पनि उनले सुनाइन् । उनले भनिन्,आर्थिक अभावका कारण छोराको उपचारमा जायजेथा त सकियो सकियो, श्रीमान्ले समेत आत्महत्याा गरे ।’

IMG_2925---Copy

समस्या देख्नेवित्तिकै पौषमा ती बच्चालाई बीपीको आइसियुमा राखिएको उनी बताउछिन् । रकम अभावकै कारण छोरालाई आइसियुबाट निकाल्ने वित्तिकै श्रीमानले आत्महत्या गरेको उनले बताइन् । भएको जयजेथा सकिएको र श्रीमानले पनि आत्माहत्या गरेपछि उनी अहिले घरको न घाटको हुनुपरेको बताइन् । उनले भनिन्, मलाई ठूलो बज्रपात परेको छ ।’ उनले आफ्नो एक मात्रा सहारा छोरालाई बचाइदिन सबैसंग आग्रह समेत गरेकी छन् ।

उपचार खर्च अभावकै कारण चिकित्सकले भनेको समयमा छारालाई उपचारमा लैजान सकेकी छैनन् । घरवारविहीन अवस्थामा पुगेकी कमला बस्ने ठाउँसमेत नभएपछि धरान २ स्थित गीता मन्दिरमा आएर बस्दै आएकी छिन् । साथै, सहयोगको लागि उनले सबैतिर हात फैलाउदैछिन् । अहिले भने उनलाई केही सहयोग भने मिलेको छ । संखुवासभा सनसरी सरोकार समाजले पटक पटक गरेर ३५ हजार ९ सय रुपैया सहयोग गरेको छ भने समाजले प्रतिष्ठानमा निःशुल्क उपचारका लागि पहल गरिरहेको छ ।

यता बालरोग विशेषज्ञ डा.अरुणकुमार सिंहले पनि आर्थिक अवस्था कमजोर भएका ती बालकका लागि सहयोग गर्न आफू लागि परेको बताए । उनले विगता समेत धेरै यस्ता केशहरुमा सहयोग गरेको बताए । उनले या बच्चाको उपचारमा सहयोगका लागि पहल गर्ने बताए ।