पथरी: मोरङ्गको पथरीशनिश्चरेमा प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

आगामी जेठ ११ देखी जेठ १८ सम्म दोश्रो सिएम कन्दङवा क्रिकेट प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा प्रदेश नम्वर १ भरिका १६ टिमको सहभागीता रहने आयोजक पथरीशनिश्चरे क्रिकेट क्लवले जनाएको छ । प्रतियोगीताको विजेताले ५५ हजार ५सय ५५ र ट्रफिप्राप्त गर्ने छ भने उपविजेताले ३३ हजार ३ सय ३३ रुपयाँ र ट्रफि प्राप्त गर्नेछ । विभिन्न विधागतरुपमा वेष्ट वलर, वेष्ट व्याट्समेन, म्यान अफ दि सिरीजलाई पुरुस्कृत गर्ने पनि सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकक क्लबका अध्यक्ष्य अरुण राईले जानकारी दिए ।