धरान: तीन दिने १५ औं धरान सडक उत्सवमा करिब ७० लाख बराबारको कारोबार भएको छ ।

होटल एसोसिएसन अफ धरानको आयोजनामा धरान–१२ स्थित चतरा लाइनको सडकमा शनिबारदेखि उत्सव शुरु भएको थियो । शनिबार र आइतबार दुई दिन मौषम प्रतिकुल भएर पनि यसपाली अपेक्षा वमोजिम कारोबार भने हुन सकेन । यद्यपी, उत्सव अवधिभर करिब ७० लाख रुपैयाँ बराबरको कारोबार भएको र ३० हजार हाराहारीमा प्रत्यक्ष अवलोकन गरेको उत्सव संयोजक सुबर्ण श्रेष्ठले बताए । ‘करिब ७० लाखको कारोबार भयो, ३० हजारले उत्सवको प्रत्यक्ष अवलोकन गरे,’संयोजक श्रेष्ठले भने ।

उत्सवमा स्थानीय जातीय खानाका परिकार, स्थानीयस्तरमा उत्पादन भएको वस्तु, कृषि उत्पादनलगायतको स्टल थियो । साथै, धरान आसपासको पर्यटकीय क्षेत्रको प्रवद्र्धनको लागि टुर प्याकेज पनि आयोजकले तयार गरेको थियो ।