संखुवासभा : जिल्ला सदरमुकाम खाँदबारीमा सरकारी र निजी क्षेत्रका गरेर ५ वटा एम्बुलेन्स सत्तचालनमा छन् । ५ वटा एम्बुलेन्स हुँदा पनि विरामीले खोज्दा भने फेला पार्न मुस्किल पर्न थालेको छ ।

केहीदिन अघि धुपुका गिरीराज पोर्तेलकी छारी सामना पोर्तेल घरको एक तला माथिबाट झरेर घाइते भइन् । खेल्ने क्रममा उनी घरको माथिल्लो तलाबाट खसेकी थिइन् । उनको उपचार जिल्ला अस्पतालमा सम्भव नभएपछि धरान या विराटनगर लैजान चिकित्सकले सल्लाह दिए । त्यसपछि जिल्ला अस्पतालमा भएको एम्बुलेन्सबाट लैजाने उनले निर्णय गरे । तर, एम्बुलेन्स केही अघि दुर्घटनामा परेपछि मर्मतमा तराई लगिएको जानकारी पाए । गोपाल भगत मेमोरियल अस्पतालको पनि एम्बुलेन्स बिग्रिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको एम्बुलेन्स पनि एकवर्षदेखि बन्द छ । एम्बुलेन्स बिग्रिएपछि रेडक्रसले एम्बुलेन्स मर्मत गर्न सकेको छैन । खाँदबारी नगरपलिकामा भएको एम्बुलेन्स कार्यविधि नबनेका कारण त्यसै थन्किएको छ । करिब ६ महिना अघि एम्बुलेन्स आएपनि कार्यविधि नहुँदा सञ्चालनमा छैन । त्यसलाई ग्यारेजमा त्सै राखिएको छ । –कोशीपत्र दैनिकबाट