ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “अष्ट्रेलिया लैजाने भन्दै विवाह गरेर ठगी” शीर्षकको समाचार छापिएको छ । आफु अष्ट्«लियाको पिआर होल्डर भएको भन्दै नक्कली विवाह गरेर युवाहरुलाई ठगी गर्ने सुनसरीकी एक युवती काठमाडौँमा पक्राउ परेकी छन् । सुनसरीको बर्जु गाउँपालिका ६ घर भई केही समयदेखि काठमाण्डौँको बानेश्वर बस्दै आएकी २३ वर्षीय रेजिना अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । उनले अष्टे«लिया लाने भन्दै पैसा लिएर तीन युवासंग नक्कली विवाह गरेको प्रहरीले जनाएको छ । रेजिनाले अष्टे«लिया लैजानेभनेर ठगी गरेको भन्दै काठमाण्डौँका अमित श्रेष्ठले प्रहरीमा उजुरी दिएका थिए । रेजिनाले अष्ट्रेलिया लाने भन्दै विवाह गरेर अमितसँग ४ लाख ५० हजार रुपैयाँ लिएकी थिइन् । तर पैसा पाएपछि उनी मोवाइल अफ गरेर सम्पर्कविहीन भएपछि अमितले प्रहरीमा उजुरी दिएका थिए । अनुसन्धानका क्रममा प्रहरीले रेजिनाले भक्तपुरका सागर धमलालाई पनि आफु अष्ट्रेलियाको पिआर होल्डर भएको बताउँदै अष्ट्रेलिया लैजाने आश्वसन दिएर ठगी गरेको पत्ता लगायो । धमलालाई विवाह गरेर अष्ट्रेलिया लैजाने भन्दै उनले १३ लाख ४७ हजार रुपैयाँ ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “रोजगारका लागि सरकारले पठायो रकम” शीर्षकको समाचार छापिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत श्रम तथा रोजगार मन्त्रालयले ताप्लेजुङमा रोजगारीका लागि कुल २ करोड १८ लाख रुपैयाँ पठाएको छ । यो रकमबाट जिल्लाभरमा २९ हजार ५ सय ४८ दिन रोजगारी सृजना हुने छ । यष्स्तै आठराई त्रिवेणी गाउँपालिकामा २४ लाख, फक्ताङलुङमा २३ लाख, मिक्वाखोलामा २१ लख, मेरिङदेनमा २३ लाख, मैवाखोलामा २१ लख, पाथीभरा याङवरकमा २४ लाख, सिदिङवामा २२ लाख र सिरीजङगामा २५ लाख रुपैयाँ पठाइएको छ । सरकारले रोजगारीको लागि हरेक स्थानीय तहमा आवेदन दिएका व्यक्तिलाई न्यूनतम ३० दिन रोजगारी दिने र रोजगारीमा संलग्न भएको अवधिलाई आधार मानेर यो रकम वितरण गर्नेछ । दैनिक रोजगारमा संलग्न भएवापत् रोजगारकर्मीले न्यूनतम दैनिक ५ सय १७ रुपैयाँका दरले रकम पाउने छन् । स्थानीय तहलाई प्राप्त भएको रकमको कम्तीमा ७० प्रतिशत रकम श्रमिकको ज्यालामा खर्च गर्न पाइने छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “गरिवी र भोकमरी घट्दैः महत” शीर्षकको समाचार छापिएको छ । नेपाली कांग्रेस केन्द्रीय नेता डा. रामशरण महतले नेपालमा गरीबी र भोकमरी कमी भएको दाबी गरेका छन् । उनले दक्षिण एशियामा भारत, पाकिस्तान, म्यानमार, बंगलादेश भन्दा नेपालमा गरिबी र भोकमरी ज्यादै कम हुने गरेको छ । नेपाली काँग्रेसको नेतृत्वमा सरकार हुँदा आफु योजना आयोगको उपाध्क्ष भएको र सो बेला देशमा गरिबी ४९ प्रतिशत र साक्षरता ४५ प्रतिशत भएको उल्लेख गरे । पछि घटेर क्रमशः १५ प्रतिशत, साक्षरता बढेर ९५ प्रतिशत पुग्नुको साथै स्वास्थ्य, शिक्षा क्षेत्रमा नागरिकहरुको पहुँच बढेकोसमेत जिकिर गरेका छन् । त्स्तै उनले देशमा आफु अर्थमन्त्री हुँदा जनताको आधारभुत आवश्यकताहरुलाई अध्ययनगरी योजना छनौट गरेको उल्लेख गर्दै प्राय सबै जिल्लाको सदरमुकामहरुमा सडक पुर्याउने योजना बनाई यातायात, बिजुली, टेलिफोन, स्वास्थ्य शिक्षाका क्षेत्रमा अत्यधिक विकास गरेको उल्लेख गरेका छन् ।