सुडानको सङ्क्रमणकालीन सैन्य परिषदले तीन वर्ष्भित्र नागरिक सरकार निर्माण गर्नको लागि विपक्षी दलहरूसँग सहमति भएको घोषणा गरेको छ ।

त्यो घोषणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सेनाका अधिकारीहरू विपक्षी गठबन्धनका प्रतिनिधिहरूसँगै देखिएका छन्। लेफ्टिनेन्ट जनरल यासेर अल अटाले अब विधान परिषद गठन हुने र त्यसमा विपक्षी गठबन्धनको पनि दुई तिहाइ सिटहरू रहने बताए । सत्ता बाडफाँटका विषयमा २४ घन्टाभित्र सम्झौतामा हस्ताक्षर हुने भनिएको छ ।

सैनिक शासन

राष्ट्रपति ओमार अल बाशिर सत्ताच्युत गरिएपछि सुडानमा सैन्य परिषदले शासन गरिरहेको छ ।
त्यसअघि प्रदर्शनकारीहरूले तत्काल नागरिक सरकार गठनको माग गर्दै प्रदर्शनहरू चर्काएका थिए । प्रदर्शनहरू अझै रोकिएका छैनन्। खार्तुममा प्रदर्शन रोक्न गरिएको कारबाहीमा मङ्गलवार कम्तीमा छ जनाको ज्यान गएको छ ।

ssdan
तर सैन्य परिषदले त्यो कारबाहीमा सेनाको कुनै हात नरहेको बताएको छ । उसले त्यसको दोष “शान्ति प्रक्रिया विथोल्ने तत्वमाथि“ लगाएको छ ।