धरान:नेपाली काँग्रेसले देशव्यापिरुपमा राष्ट्रिय जागरण अभियानको उद्घोष गरेसँगै सुनसरीको धरानमा पनि औपचारिकरुपमा अभियानको शुरुवात गरेको छ ।

बुधबार काँग्रेसका प्रभावशालीद्वय केन्द्रीय नेता एवं पुर्व अर्थमन्त्री डा. रामशरण महत र महेश आचार्यले छुट्टाछुट्टै स्थानमा कार्यकर्ताहरुसँग भेटघाट तथा अन्तरक्रिया गरेका थिए भने वडा नं ६ पानवारीको स्कुल डाँडामा सभा आयोजना गरेको थियो । डा.महत राष्ट्रिय जागरण अन्तरगर्त धनकुटाबाट फर्किने क्रममा होटेल सेक्षमा अनौपचारिक भेटघाट गरेका थिए । ऊक्त भेटघाटमा क्षेत्रीय अध्यक्ष शुरेसमान श्रेष्ठ, क्षेत्रीय सचिव मुरारी भट्टराई, जिल्ला सचिव सुजेन्द्र तामाङ, महिला नेतृ श्यामा रेग्मी, गोबिन्द बस्नेत, युवा नेता सागर प्रसाईलगायत सहभागी थिए ।

congress 2

भेटघाटमा कार्यकर्ताहरु अनुशासनको बन्दी हुनुपर्ने तर केन्द्रीय नेताहरु अनुशासनहिन भएको भन्दै असन्तुष्टी प्रकट गरेका थिए । डा. महतले भने जागरण अभियान सरकारको जनविरोधी कामको भण्डाफोरसँगै नेपाली काँग्रेस सम्पूर्ण कार्यकर्ताहरुबाट विगतमा भएको एकआपसको भेदभाव, कमीकमजोरी सच्याउने अवरसर भएका बताए । पुर्वसांसद रामहरि खतिवडा, नेकाका केन्द्रीय सदस्य रामकृष्ण यादव समेतको उपस्थित थियो ।

बुधबार नै धरान उद्योग बाणिज्य संघको सभाहलमा कांग्रेस धरान उपमहानगर समितिको आयोजनामा धरानका वडा नं १ देखि २० सम्मका कार्यकर्ताको भव्य भेला भएको थियो । साथै, जेष्ठ १ गतेदेखि २५ गतेसम्मको राष्ट्रिय जागरण अभियानका कार्यक्रमहरुको मिति र तालिकासमेत सार्वजनिक गरिएको थियो । कांग्रेस धरान सभापति तिलक राईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य एव पुर्व अर्थमन्त्री महेश आचार्य रहेका थिए । कार्यक्रममा संघीय सांसद सीताराम मेहता, पुर्व गृहराज्य मन्त्री हरि सापकोटा र कांग्रेस जिल्ला सभापति एवं १ नं प्रदेशका सांसद राजिव कोईराला पनि थिए ।