धनकुटा : शहीद भीमनारायण श्रेष्ठ अन्तर्रा्ष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करण अन्तरगत शुक्रबार फाइनल खेल हुँदैछ ।


शुक्रबार हुने फाइनल खेलमा उपाधिका लागि विदेशी क्यामरुनी क्लब दाफिन्स र विभागिय टीम सशस्त्र प्रहरी बल (एपिएफ) फाइनलमा भिड्दै छन् । खेल दिउँसो ३ बजे पछि धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा हुनेछ । गत शनिबारदेखि जारी प्रतियोगितामा विभिन्न विभागीय तथा दुई अन्तर्रा्ष्ट्रिय टिमसहित ८ टीमको सहभागिता रहेको आयोजकले जनाए । प्रतियोगितामा विजेता टिमले चार लाख रुपैयाँ र ट्रफि तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउने छन् ।