धरान: धरान ६ पानवारीस्थित निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय पाचकन्याले मृतक परिवारका सदस्यलाई बिमा रकम प्रदान गरेको छ ।

धरान १५ पूष्पलाल मार्गमा गठन भएको पूष्पलाल मार्ग महिला स्वावलम्बी समुहकी सदस्य पदमादेवी तिवारीका श्रीमान् चन्द्र बहादूर तिवारीको निधन भएपछि आज एक कार्यक्रमको बीच क्षतिपूर्ति बापतको रकम १२ हजार ६ सय ५० प्रदान गरिएको हो । उक्त रकम मृतककी श्रीमति पदमादेवी तिवारीलाई शाखा कार्यालय पाचकन्या सहायक कर्मचारी चूडामणी पौडेलले प्रदान गरेका थिए ।

समुहका सदस्यले कर्जा लिए बापत बैकको बिमा नियम अनुसार सदस्यको कालगतिमा मृत्यू भएबापत १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यु भएबापत २ सय प्रतिशत क्ष्तिपूर्ति रकम साथै श्रीमानको मृत्यु भएमा १४ हजार क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था संस्थाले गरेको छ । बैकले विपन्न जनजाति र दलित परिवारका लक्षित वर्गलाई समेटी समूह गठन गरी ऋण प्रवाह मार्फत कार्यक्रम विस्तार गर्दै महिलाहरुको जिवनस्तरमा परिवर्तन गरेकोमा समूहका सदस्यहरुले धन्यवाद दिए ।