धरान:बास्केटल खेलको विकास तथा प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना भइरहेको चौथो ट्यालेन्ट बास्केटवल प्रशिक्षण क्याम्पमा सहभागी विद्यार्थीहरुलाई शुक्रवार टि–सर्ट प्रदान गरिएको छ ।

धरान बास्केटवल संघको आयोजनामा तीन सातासम्म चल्ने प्रशिक्षण क्याम्पमा ५० जना विद्यार्थीहरु वैशाख २१ गतेदेखि प्रशिक्षण लिइरहेका छन् । एसईई दिएर वसेका विद्यार्थीहरुलाई लक्षित गरी आयोजना भएको प्रशिक्षणमा एसईई वाहेकका विद्यार्थीहरु पनि सहभागी छन् । प्रशिक्षण क्याम्पका उत्कृष्ट खेलाडीलाई डिपो स्कुल, एम्स एकेडेमी, धरान अर्दश, सगरमाथा एसडी कलेज र युरेका स्कुलमा छात्रवृत्तिको लागि सिफारिस गरिने आयोजकले जनाएको छ । महिला पुरुष करिव डेढ दर्जन विद्यार्थीलाई छात्रवृत्त प्रदान गरिने नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाले टिसर्ट वितरण कार्यक्रममा जनाए ।

जिल्ला बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीका अनुसार यसअघिको प्रशिक्षण क्याम्पका विद्यार्थी खेलाडीहरु बास्केटवल संघको सिफारिसमा धरानको डिपो र एम्स एकेडेमीमा छात्रवृत्तिमा पढिरहेका छन् । सहभागीहरुलाई प्रमुख अतिथि सुरजकुमार लामा, अध्यक्ष नारायण सुवेदी, प्रशिक्षण क्याम्पका मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, युवा नेता दिपक वनेपाली, ब्लाष्ट दैनिकका सल्लाहकार सम्पादक देवेन्द्र कार्की लगायतले संयुक्त रुपमा टिसर्ट प्रदान गरेका थिए । प्रशिक्षण क्याम्प धरान डिपो स्कुलको बास्केटवल कोर्टमा संचालन हुदैछ ।