धरान(डेस्क): खेल नियममा खेलिन्छ, र खेलाडीहरु नियममा बाँधिएर अनुशासित भएर खेल्नुपर्छ । तर, एउटा खेल जित्नलाई खेलाडी वा क्लबले के सम्म गर्न सक्ला ? मोरङको सुनबर्षीस्थित अमरदहमा जारी तेस्रो ढल्के जोवन भेट्रान फुटबल प्रतियोगितामा भने खेलाडीहरुले भने शंकास्पद नागरिकता नै पेश गरेको पाइएको छ ।

प्रतियोगितामा सहभागी इटहरीस्थित द योङ ब्रदर्श भेट्रान क्लबका दुई जना खेलाडीले नक्कली नागरिकता पेश गरेर प्रतियोगिता खेलेको बताइएको छ । प्रतियोगिताको लागि उनीहरुले पशे गरेको नागरिकता शंकास्पद छ । ब्रदर्श क्लबका खेलाडी रमेशकुमार राजवंशीले पेश गरेको नागरिकता नक्कली भएको भन्नसक्ने थुप्रै आधार छ भने अर्का खेलाडी सन्देश श्रेष्ठको पनि २ वटा नागरिकता भेटिएको छ । कम उमेरका खेलाडीलाई बढी उमेरको खेलाडी बनाएर प्रतियोगितामा सहभागी गराउन क्लबले नक्कली नागरिकता बनाएर पेश गरेको हो ।

nagarikta-mandal

जेठ १ गते बुधबार धरान फुटबल फ्यान क्लब र बदर्शबीच खेल भएको थियो । उक्त खेलमा धरानको हार भएको थियो । उमेर बढी देखाएर युवा खेलाडी खेलाएको भन्दै धरानले प्रोटेस गरेपनि आयोजकले प्रमाण ल्याउनु भन्दै वेवास्ता गरेपछि धरानले थप प्रमाणहरु जुटाएको थियो । तर, आयोजकले झुटो नागरिकता पेश गरेर खेल जितेको इटहरीकै पक्षपोषण गरेपछि धरानका खेलाडीहरुले पत्रकार सम्मेलन गरेर शंकास्पद नागरिकता सार्वजनिक गरिदिएका हुन् । ‘हामीले प्रोटेस हाल्यौ, प्रमाण लेउ भन्यो । प्रमाण पनि जुटाएर दियौं, तर वास्ता नै गरेनन्, र आज हामीसँग भएको प्रमाणहरु सार्वजनिक गरेका हौं,’ धरान फुटबल फ्यान क्लबका व्यवस्थापनको जिम्मसमेत लिएका खेलाडी रामकृष्ण खड्काले भने,‘यस्तो झुट काम नगरेको भए हुन्थ्यो ।’

sandesh-1

प्रतियोगितामा ३० बर्ष माथिको उमेर समुहका खेलाडीहरु मात्र सहभागी हुन पाउने भनिएको थियो । छोरा राजवंशी, बाबुको थर भने मण्डल इटहरीको ब्रदर्श क्लबबाट सहभागी खेलाडी रमेशकुमार राजवंशीको नागरिकता लेमुनेशन मात्र गरिएको छैन, राजवंशीको बुबा भने जलेश्वर मण्डल छन् । टंकीसिनवारी ४ ठेगाना भएका राजवंशीको जन्म मिति भने २०४४ फागुन २३ गते उल्लेख छ । आमाको नाम उल्लेख नभएको उनको नागरिकतामा जारी मिति पनि उल्लेख छैन । ‘त्यो नागरिकता नक्कली नै हो, स्टिगर पनि छैन र सरकारको स्टाम्प पनि छैन,’खड्काले भने ।

sandesh-2

यस्तै, अर्का खेलाडी सुन्देश श्रेष्ठको २ वटा नागरिकता भेटिएको छ । इटहरी ८ ठेगाना भएको श्रेष्ठले प्रतियोगिता खेल्न पेश गरेको नागरिकतामा जन्ममिति २०३९ पुष १५ गते छ भने जारी मिति २०७२ पुष ३ गते उल्लेख छ । उनकै अर्को नागरिकतामा भने जन्ममिति २०४५ पुष १५ गते छ भने जारी मिति २०६३ असार ९ गते रहेको छ । ‘सन्देशले २०३९ सालकै नागरिकता देखाएर पनि खेल्न मिल्थ्यो, किन ४४ सालको देखाएको होला ? खेलाडीहरुबाट नै यस्तो फेक काम गरेको पाउदा ज्यादै दुःख लाग्यो,’खड्काले भने ।