धनकुटा : धनकुटामा सम्पन्न भएको १४ औं संस्करणको शहीद भीमनारायण श्रेष्ठ अन्तर्रा्ष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागिय टिम सशस्त्र प्रहरी बलको एपिएफ क्लबले उचालेको छ ।

धनकुटाको तल्लो टुँडिखेलमा शुक्रबार भएको खेलमा क्यामरुनको दाफिन्सलाई ट्राइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै एपिएफले उपाधि कब्जा जमाएको हो। निर्धा्रित समयमा दुवै टिमबाट २–२ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरबाट टुंग्याइएको थियो। उपाधिसँगै एपिएफले चार लाख रुपैयाँ र ट्रफी हात पारेको छ भने उपविजेता दाफिन्सले दुई लाख रुपैयाँमा चित्त बुझाएको छ ।

आठ टिमको सहभागी प्रतियोगिताको उत्कृष्ट गोलकिपर एपिएफका अमृत चौधरी, उत्कृष्ट डिफेन्डर एपिएफका सरोज कोइराला, उत्कृष्ट मिडफिल्डर दाफिन्सका औरेल इनामे, उत्कृष्ट फरवार्ड दाउफिन्सका यान्नीक ओवाना, उत्कृष्ट कोच एपिएफका सुमित श्रेष्ठ घोषित भए। उनीहरुले जनही नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
यस्तै, प्रतियोगिताको उत्कृष्ट प्लेयर अफ टुर्नामेन्ट एपिएफका रवि थिङले प्राप्त गरे। उनले २० हजार रुपैयाँ हात पारे। विजयी टिम तथा खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा्छिरिङ शेर्पालगायतले पुरस्कृत गरेका थिए ।