धरान(डेस्क) : साराङ यक याक्थुङ चुम्भो धरान १४ विजयपुरले शनिबार धरान १३ स्थित सर्दुखोलामा साक्मुरा वादेम्मा गाली श्राप वहान्ती कार्यक्रम गरेको छ ।

धरानको विजयपुरमा बसोवास गर्ने लिम्वू जातिहरुको संस्था साराङ यक याक्थुङ चुम्भो गठन पछि विजयपुरमा लिम्वू जातिको मौलिक संस्कार संस्कृतिको संरक्षण र सम्वद्र्धन संगै लिम्वू जातिलाई एक बनाएर अघि वढने उदेश्यका साथ काम गर्दै आएको छ ।

बैशाख पुर्णिमा प्रकृतिपुजक लिम्वू जातिहरुले याक्वा तङनाम गर्ने सुभ दिनलाई पारेर साक्मुरा वादेम्मा कार्यक्रम गरिएको साराङ यक याक्थुङ चुम्भोका अध्यक्ष अम्बिका सम्वाहाम्फेले कपुरीन्युजलाई टेलिफोन सम्पर्कमार्फत जानकारी दिए ।

विगतमा विजयपुरमा लिम्वू जातिको बसोबास कम भएको र अहिले लिम्वु जातिको संख्या बढदै गएकोले लिम्वू जातिहरु एक भएर काम गर्ने मुख्य उदेश्यका साथ यो साराङ यक याक्थुङ चुम्भो गठन गरेर विभिन्न सामाजिक कामहरु गर्दै आएको चुम्भोका सचिव भगत हुक्पाचोङबाङले बताए । अब आउने दिनहरुमा लिम्वू जातिको मौलिक संस्कार संस्कृतिहरुको संरक्षण र सम्र्वद्धन गर्दे अघि वढने र हरेक वर्ष यस्तो कार्यत्रम गर्ने साराङ यक याक्थुङ चुम्भोका सल्लाहाकार हर्कजंग एभेङले बताए ।