लहान :  सिरहा जङ्गली हात्तीको आत्रमणबाट सिरहाको गोलबजार नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ ।

चुरे जङ्गलबाट आएको हात्तीले गएराति किच्दा गोलबजार नगरपालिका-१० धर्मपुर गैरीटोलकी ७० वर्षीया वुद्धमाया मगरको मृत्यु भएको हो। छिमेकीको घरबाट टिभी हेरेर सुत्न घर फर्किरहेको बेला एक्कासि अगाडि परेको हात्तीले किच्दा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक नवीन घिमिरेले जानकारी दिए। मृतकको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

हात्तीले गोलबजार नगरपालिका- १ मुक्सारमा दुईवटा घरसमेत भत्काएको प्रहरीले बताएको छ । रासस