धरान : धरान–९ आचार्यलाइनमा सौर्य चश्मा घर सञ्चालनमा आएको छ ।

शनिबारदेखि औपचारीक रुपमा सञ्चालनमा आएको चश्मा घरको उद्घाटन धरान–९ का वडाध्यक्ष रत्नबहादुर कट्वालले गरेका थिए । चश्मा घरका सञ्चालक सुनिल गुरागाईले पसलको शुभारम्भ भएको अवसरमा ९ नं. वडाबासीलाई एक वर्षसम्म निःशुल्क आँखा परिक्षण गरिदिने घोषणा गरेका छन् । उनले आफुले ९ नं. वडामा व्यवसाय सञ्चालन गरेकोले वडाबासीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क आँखा परिक्षण सेवा दिन लागेको बताए । उनले शुभारम्भ कार्यक्रममा बोल्दै वार्षिकोत्सवमा धरान नगरका ३ जना जेष्ठ नागरिकको निःशुल्क आँखा परिक्षण गरी चश्मा र समेत निःशुल्क वितरण गर्ने बताए ।

चश्मा घरमा सबै प्रकारका पावर चश्मा पाइने सञ्चालक गुरागाईले बताए । साथै चश्मा घरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डका सन ग्लासहरु उपलब्ध छन् ।