मोरङ : मोरङको एक नगरपालिका आसेपासेका लागि जागिरको केन्द्र बनेको छ ।

सुनवर्षी नगरपालिका आसेपासेका लागि जागिको केन्द्र बनेको हो । सो नगरपालिकाका मेयर कालिप्रसाद दास र कार्यकारी अधिकृत राजकुमार केसीको मिलोमतोमा आसेपासेलाई जागिर दिएको नाम नखुलाउने शर्तमा एक स्थानीयले बताए । मेयरले नगरपालिकाद्वार दरबन्दी स्वास्थ्यमा कार्यालय सहयोगीको रुपमा छोरी अनिता दासलाई नियुक्त गरेका छन् । त्यस्तै ज्वाइँ चन्दन मण्डललाई ड्राइभरमा नियुक्त गरेका छन् । तयसैगरी नातामा नाति पर्ने सुबोध दासलाई निजी सचिवालयमा नियुक्त गरेका छन् । मेयरले यी सबै पदमा आफ्ना आफन्त रहेको स्वीकारेका छन् । मेयरले भने, “प्रक्रियामार्फत उनीहरुलाई नियुक्त गरिएको हो, कुनै नातावाद, कृपावादमार्फत नियुक्त गरेको होइन ।” मेयरले अघिल्लो वर्षको आय–व्ययसमेत सार्वजनिक नगरेको स्थानीय बताउँछन् । –पूर्वेली नागरिक दैनिकबाट