धरान(डेस्क) : झापाबाट काठमाडौंतर्फ जादैँ गरेको बस आज आइतबार विहान त्रिशुलीमा खसेको छ । मृत्यु हुनेको संख्या ५ जना पुगेको छ ।

धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारस्थित त्रिशुली नदीमा आज बिहान बस खस्दा पाँच जनाको मृत्यु भएको छ । ना ७ ख ४३८७ नम्बरको यात्रुवाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा २९ जना घाईते भएका छन् ।

चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाईतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौं पठाइएको छ भने अन्य घाईतेको गजुरी, आदामघाट र गल्छीमा रहेका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बस सडकबाट ६० मिटर तल त्रिशुली नदीमा खसेको हो । दुर्घटना स्थलमा नेपाली सेना, सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ । थप विवरण आउन बाँकी छ ।