धरान / २० दिन अगाडि विराटनगरका सर्वसाधारणले द टिम्बर कर्पोरेशन अफ नेपाल शाखा विराटनगर शाखा प्रमुख प्रदीपकुमार निरौलाले गरेको कर्तुतका विषयमा प्रधानमन्त्रीको कार्यालय,प्रदेश नं. १ का मुख्यमन्त्रीको कार्यालय, वन तथा वातावरण मन्त्रालय,प्रदेश वन मन्त्रालयमा उजुरी गर्दा समेत उनको कारबाहीमा कसैले ध्यान नदिएको प्रति उजुरीकर्ताहरु अचम्मित बनेका छन् ।
कर्पोरेशन विराटनगर शाखाका प्रमुख निरौलाले भुकम्पपीडितलाई वितरण गर्न लागिएको काठ तथा त्यहा रहेका अन्य काठ व्यापारीहरुसंग मिलेमतो गरी सरकारी रेटभन्दा कम दरमा विक्री वितरण गर्ने गरेको भन्ने विवरण सहित उनीहरुले उजुरी हालेको दुई हप्ता भन्दा बढी भइसक्दा समेत कारबाही नभएकोप्रति उनीहरुले खेद प्रकट गरेका छन् ।
उनीहरुले उजुरीमा भनेका छन्, प्रदेश नं. १ अन्तर्गत रहेको द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेड विराटनगर शाखाका प्रमुख निरौलाले सर्वसाधारण जनतालाई सर्वसुलभ तरिकाले विक्री वितरण गर्नुपर्ने काठहरु जिल्ला वन कार्यालयमोरङ ,इलाका वन कार्यालय लोहोन्दा्रभाट टि.सि.एन कार्यालयका कर्मचारीले ब’झिलिएको काठ घाठ गद्दीबाट ज्यालादारी मजदुर प्रयोग गरी विभिन्न ग्रेड, नाप, साइज र परिणामो गोलिया काठहरु विराटनगर शाखा कार्यालका शाखा प्रमुख निरौलाले व्यापारीसंठग मिलेमतो गरी बेचबिखत गरी मोटरक लिएको उल्लेख गरेका छन् । यस्तै यस्तै ०७२ वैसाखमा आएका भ’कम्पमापरीपघरबारविहीनभएका सर्वसाधारण जनतालाई वितरण गर्ने काठ समेत व्यापारीसंग मिलेमतो गरी महगो रकममा विक्री गर्ने गरेको उजुरीमा उल्लेख गरेका छन् ।
उनीहरुले चितवनमा रहदा प्रमुख निरौलाको कर्तुत समेत उजुरीमा उल्लेख गरेका छन् । उनीहरुले चितवनमा ट्याक्टरमा लोड गरी विक्रीका लागि काठ लादै गर्दा प्रहरीले रंगेहात प्रक्राउ गर्दा समेत उनलाई कारबाहीको साटो विराटनगर सरुवा गरेको भन्दै अहिलेको वर्तमान सरकारले बचाउ गरेकै कारण उनको मनोबल अझ बढेर गएको उनीहरुले बताएका छन् ।
आफूले गरेको भ्रष्टाचारबाट जोगिन फिल्ड कर्मचारी रमेश बस्नेतलाई फसाउन खोजिएको समेत उनीहरुले बताएका छन् । उनले आफ्नो गोरस धन्दालाई निरन्तता दिन ज्यालादारी कर्मचारीमा आफ्ना भाई, भतिजा नियुक्ति गर्ने गरेको नाम उल्लेख नगर्ने शर्तक उजुरीकर्तामध्येका एक जनाले बताएका छन् । उनले भने–‘उनको धन्दा दिनप्रतिदिन बढ्दै गएको छ, काठ व्यापारीसंग मिलेर कमाउधन्दालाई बढावा दिइरहेका छन्, यसको विरुद्धमा सर्वसाधारणले सम्बन्धित पक्षमा उजुरी दिदा समेत कारबाही हुन सकेको छैन, उनलाई जोगाउन खोजिएको हो कि भन्ने भान हामीलाई परेको छ ।’
उनका अनुसार आफ्नो गोरस धन्दालाई निरन्तता दिन, आफूले गरेको अपराध लुकाउन विभिन्न शक्ति केन्द्र धाउने गरेका छन् । अर्का पीडित सर्वसाधारणले भने-‘मुलुकमा संघीय गणतन्त्रपश्चात प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना अनुरुप भ्रष्टाचारमा शून्यता ल्याउने भने पनि नारामा भएजस्तो भएको छैन । भ्रष्टाचारीलाई संरक्षण गरेर कसरी सुखी नेपाली,समृद्ध नेपाल हुन्छ ? उनको प्रश्न थियो ।
यस विषयमा द टिम्बर कर्पोरेशन अफ नेपाल लि.का महाप्रबन्धक राजु लोडारीलाई ९८५११२५४३० मा फोन सम्पर्क गर्दा उहाले फोन उठाउनु भएन । यता उजुरी परेका कार्यालयहरुमा सम्पर्क राख्दा अनुसन्धान अगाडि बढेको जनाएका छन् ।