धरान :  धरानमा डेंगु रोगको संक्रमण बढ्ने क्रम जारी छ ।

हालसम्म धरानमा १२ जनामा डेंगुरोगको संक्रमण पाइएको  धरान उपमहानगपालिका स्वास्थ्य विभागका प्रमुख रामबाबु यादवले बताउनुभयो ।

भेटिएका डेंगुरोगीमध्ये धरान १५ बाट १० जना र धरान १३ बाट दुई जना रहेको उनले बताए । धरान १५मा भेटिएकामध्ये तीन जना एकै परिवारका रहेका छन् । उनका अनुसार डेंगुरोग भेटिएका परिवारमा आमा, छोरा र छोरी रहेका छन् ।

डेंगुरोगको संक्रमण बढ्न थालेपछि धरान उपमहानगरपालिकाले औषधि छर्ने कामलाई तिब्रता दिएको छ । वैसाख ३१ गते साझ र विहान गरी लगातार औषधी छर्ने काम भइरहेको छ । यादवका अनुसार हालसम्म धरान १५ को आधा भाग र धरान ८ को केही भागमा औषधि छर्ने काम भएको छ ।

चिकित्सकका अनुसार डेंगु विषादीबाट संक्रमित पोथी लामखुट्टे एजिड एजिप्टी र एडिज अल्वोपिक्टसको टोकाइबाट सर्ने चिकित्सकको भनाई छ । यसले टोकेमा संक्रमण भएको लामखुट्टेले टोकेको ५ दिनदेखि ८ दिनसम्ममा अल्छी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने आखा पाक्ने, रुखा खोकी लाग्ने लक्षण देखिने चिकित्सको भनाई छ । यस्तो लक्षण देखिएमा तुरुन्त स्वास्थ्य केन्द्रमा उपचारका लागि जान पनि उनीहरुले सुझाव दिएका छन् ।