ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “इटहरीमा उपमेयर र वडाध्यक्षबीच विवाद” शीर्षकको समाचार छापिएको छ । इटहरी उपमहानगरपालिकाले हचुवाको भरमा जग्गा दलालको पक्षमा निर्णय गरेको भन्दै इटहरी ३ का जनता आक्रोसित बनेका छन् । प्लटिङ गरिएका जग्गा जोडन इटहरी ३ को सिंचाइको मुख्य स्रोत सिमसार मासेर निर्माण गर्न लागिएको पुलका लागि उपमहानगरले सहमति जनाएपछि रुथानीयले आपत्ति जनाएका छन् । जग्गा दलालहरुले पहिले नै ३ नम्बर वडा कार्यालयमा सिफारिस मागेका थिए तर वडाले सिमसार मासिने भन्दै पुल बनाउन रोक लगाएको थियो । तर वैशाख ३ गते इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले पुल बनाउन सिफारिस दिएपछि स्थानीयबासी आक्रोसित भएका हुन् । ३ नम्ब्र वडा कार्यालयलेरोकेको निर्णय विवाद उत्पन्न भएको हो । इटहरी वडानम्बर ३ भरिका लागि भुलभुले सिमसार सिंचाइको स्रोतको रुपमा रहेको छ । तर त्यही सिमसार मास्न खोजिएको बूढी पटेरुवा जल उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर महतले बताए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “मध्यतमोर जलविधुत् निर्माण तीब्रगतिमा” शीर्षकको समाचार छापिएको छ । ताप्लेजुङस्थित तमोर नदीबाट उत्पादन गर्न लागिएको ७३ मेगावाट क्षमताको मध्यतमोर जलविधुत् आयोजनाको निर्माण कार्यले तीब्रगति लिएको छ । आयोजनाको मुख्य प्रवद्र्धक संस्था सानीमा हाइड्रो एण्ड इञ्जिनियरिङ प्रालिका अनुसार सन् २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महीनाअघिबाट निर्माण थालिएको हो । निर्माण सुरु भएको छोटो अवधिमा नै २७७ मिटर लामो सुरुङमार्गमध्ये १६० मिटर सुरुङमार्ग निर्माण पुरा भएको छ । त्यस्तै आयोजनाको हेडवक्र्सका लागि समेत आवश्यक संरचना निर्माण पनि अघि बढेको छ । यी संरचना फुङलिङ नगरपालिकामा पर्ने हाङ्देवा र फुरुम्बुको तल्लो क्षेत्रमा पर्ने मित्लुङमा निर्माण भइरहेको हो ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “बीमा बोर्डकै कर्मचारी सुविधाबाट वञ्चित” शीर्षकको समाचार छापिएको छ । नेपाल सरकारले हरेक नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने भन्दै बिमा बोर्डनै गठन गरेर कार्यक्रम सुरु गरेको छ । स्थानीयस्तरमा अस्पतालहरुले भने प्राभमिकता नदिँदा पैसा तिरेर बिमा गराएका नागरिकले पनि सुविधा प्राप्त गर्न सकिरहेका छैनन् । प्रसंग, जनकपुर अञ्चल अस्पतालको हो । स्वयं स्वास्थ्य बिमा बोर्डका कर्मचारीले छोरा विरामी पर्दा अस्पताल पुग्नुपर्यो । उनले जन्मेको केही हप्तामै ज्वरोले च्यापेपछि शिशु–छोरालाई अस्पताल भर्ना गराएको थियो । अस्पतालको बेथितिका कारण बोर्डका धनुषास्थित कार्यालयका बिमा दर्ता अधिकारी श्याम गिरीले आफैँ तोकिएबमोजिम सुविधा प्राप्त गर्न सकेनन् ।

औजार : आजको औजार दैनिकमा “धरानलाई जोड्ने कान्छो सडकको शिलान्यास” शीर्षकको समाचार छापिएको छ । रामधुनी नगरपालिका र धरान उपमहानगरपालिकाबीच सडकले सिधै जोडिने भएको छ । उक्त सडक धरान जोड्ने कान्छो सडक पनि भएको छ । आइतबार रामधुनी–धरान सडकको शिलान्यास भएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत बजेट विनियोजन भई निर्माण हुन लागेको सो सडकको शिलान्यास सुनसरी क्षेत्र नं. १ बाट निर्वाचित सांसद जयकुमार राईले गरेका छन् । आइतबार रामधुनी नगरपालिका वडा नं. ७ पञ्चायनमा सडकको शिलान्यास गरिएको छ । रामधुनी नगरपालिका वडा नं. ७ ले आयोजना गरेको शिलान्यास कार्यक्रममा धरान तथा रामधुनीका सयौँ स्थानीयको सहभागिता रहेको थियो ।