धरान : धरानको सिंहदेवी चोकदेखि दन्तकाली मन्दिरसम्म धार्मिक पदमार्ग बनाउनको लागि शौन्दर्यकरण गर्ने काम थालिएको छ ।

करिब २ हजार फिट लम्बाइ र १६ फिट चौडाइको सडकको दाँया र बाँया पूर्वका प्रसिद्ध मठ मन्दिरको तस्बिर टाँसेर, झिलीमिली बत्ति राखेर धार्मिक पदमार्ग बनाउने काम थालिएको हो । धरान–१४ नम्बर वडा कार्यालयले धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले धार्मिक पदमार्ग बनाउन थालेको हो । आज सोमबार सडकको ड्रेनमा स्ल्याव लगाउने कामको सिलान्यास समेत गरिएको छ । वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले शिलान्यास गरेका थिए ।
धरान उपमहानगरपालिकाको पहलमा संघीय सरकारको पर्यटन मन्त्रालयबाट ५० लाख बजेट विनियोजन भएपनि हालसम्म २५ लाख रुपैयाँ आएको सिंहदेवीदेखि दन्काली पदमार्ग सौन्दर्यकरण उपभोक्ता समितिका अध्यक्ष पितरुमल अग्रवालले बताए । उपभोक्ता समितिबाट ८ लाख ५५ हजार रुपैयाँ गरी जम्मा ५८ लाख ५५ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको बताए । पूर्वका प्रसिद्ध मठ मन्दिरहरुको तस्बिरदेखि झिलिमिली बत्ति लगाएर सौन्दर्य बढाउने काम भइरहेको समेत बताए । वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले दुई धारेमाथी १५ फिटको शिबजीको मुर्ति बनाउने र आसपास बाह्रमासे फुल रोप्ने, धार्मिक चौतरा बनाउने योजना रहेको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

‘दुई धारेमाथी १५ फिटको शिबजीको मुर्ति बनाउदैछौ’ वडाध्यक्ष भट्टराईले भने ‘शिवजीको जटाबाट पानीको फोहोरा झर्ने बनाउछौं’ । पूर्वका प्रसिद्ध मन्दिरको जानकारी दिने र धरानको धार्मिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले रहेको बताए । पदमार्गको सौन्दर्यकरण गर्ने थालनी १ महिनादेखि जारी रहेको बताए । आउदो असार मसान्तभित्रमा निर्माण कार्य सम्पन्न गर्ने समेत उनले बताए । पूर्वका पाथीभरादेवी, हलेसी, बराहक्षेत्र मन्दिरलगायतका मठ मन्दिररुको धार्मिक महत्व र स्थापनाको विषयमा शिला समेत तयार पारिएको समितिले जनाएको छ ।