भोजपुर:  भोजपुर ट्याम्के मैयुम गाँउपालिका वडा नं. १ मा नेकपा माओवादीका विप्लव समूहका एक जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

आज करिब १ः४५ को समयमा भोजपुर षडानन्द नगरपालिका वडा नं. २ का तीर्थराज घिमिरेलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले प्रक्राउ गरेको हो । मैयुम गाँउपालीकाको धोद्लेखानी जंगलमा हतियारधारी समूहहरु रहेको र हतियारसहित हिडडुल गरिहेको भन्ने सूचना प्रहरीले पाएपछि जिल्ला प्रहरीक कार्यालय भोजपुर र १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएका प्रहरी टोली त्यस ठाउमा गस्ती गरेको थियो।

गस्तीका क्रममा १०/१५ जनाको संख्यामा रहेका रहेका हतियारधारी समूहलाई रोक्न खोज्दा प्रक्राउ परेका घिमिरेले प्रहरीमाथि फायरिड गर्न खोज्दा प्रहरीले जवाफी फायरिड गरेको थियो । सोही क्रममा घिमिरेको बाया खुट्टामा गोली लागी घाइते भएका थिए । घाइते अवस्थामा उनलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएको छ । प्रक्राउ परेका घिमिरेको साथबाट पेस्तोलको गोली १ थान, डेटोनेटर थान ४, डेटोनेटर कोर्ड अन्दाजी २० मिटर, बारुद र नेपाल कम्युनिष्ट पार्टीद्वारा जारी एक विज्ञप्ती, पम्प्लेट समेत बरामद गरेको प्रहरीले जनाएको छ । घाइते घिमिरेको भोजपुर सदरमुकामस्थित अस्पतालमा उपचार भइरहेको र अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।