धरान(डेस्क) : केहि दिन अगाडिसम्म धरान उपमहानगरपालिका मात्र कर सेवा केन्द्रीकृत रहँदै आएको अवस्थामा त्यसपछि धरान वडा नम्बर १० ले पहिलो विधुतिय सेवाको माध्यमबाट कम्प्युटर प्र्न्टिको साथ विलदिने गरि विविध करहरुको सेवाको शुभराम्भ गरेको लगतै मंगलबारदेखि वडा नम्बर १५ ले पनि दोस्रो कर सेवा आफ्नो वडाबासीलाई दिएको जानकारी वडाअध्यक्ष नरेश ईवारमले बताए ।

धरान उपमहानगरपालिकाका कावा प्रमुख मन्जु भण्डारी सुवेदीले कम्प्युटरको माउस क्लिक गरेर प्रिन्ट आऊट सेवा शुभराम्भ गर्दै उक्त दिनको पहिलो सम्पत्ति कर बुझाऊने सेवाग्राही तथा सोही वडा कार्यलयका खरिदार अन्जना लिम्बूलाई कर तिरेको रसिद समेत हस्तान्तरण गरकी थिइन् ।

४९ सय घरधुरिमा लगभग २५ हजार सेवाग्राही रहेको उक्त वडामा विगतदिनहरुमा विभिन्न सिफारिस करहरु मात्र लिन सकिएको अवस्थामा अहिले सम्पत्ति कर, व्यावसायि कर र घरवाल कर समेत लिन सकिने कुराको जानकारी सोही वडा कार्यलयका सचिव हिरा खत्रिले दिनुका साथै अहिले पहिलो फेसमा वडा नम्बर २०,४,१५,१४ र १० रहेको अन्य वडामा क्रमशः सेवा दिन सकिने थप जानकारी दिएका थिए।

तस्बिर:एल थापा