काठमाडौं : सामान्य विवादमा जघन्य अपराध नेपाली समाजमा बढ्दै गएको छ । प्रहरीका अनुसार हत्याका घटनामध्ये झण्डै ४० प्रतिशत आफन्तबाटै भएका छन् ।

समाजका मूल्य–मान्यता फेरिँदै गएको र विचलन बढ्दा आफन्तभित्रै हत्याका घटना बढेको प्रहरी प्रवक्ता विश्वराज पोखरेल बताउँछन् ।

गत साउनदेखि माघसम्म सात महिनामा देशभर ४९२ व्यक्तिको हत्या भएको तथ्यांक छ । जसमध्ये १४४ हत्या आफन्तबाटै भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।

सो अवधिको तथ्यांकअनुसार ६७ पुरुषले श्रीमतीको हत्या गरेका छन् भने ६ पुरुष श्रीमतीबाट मारिएका छन् । –नयाँ पत्रिका दैनिकबाट