विराटनगर : विराटनगरका लोकप्रिय डाक्टर बरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको मंगलबार राति निधन भएको छ ।

उनी केही समयदेखि विराटनगरको नोबेल अस्पतालमा उपचाररत रहेका थिए । उनको मंगलबार राति करिब साढे १० बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

६ वर्षदेखि विराटनगरको कोसी अञ्चल अस्पतालमा कार्यरत ४० वर्षीय अग्रवाललाई स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि आफै गाडी चलाएर नोबेल अस्पताल पुगेका थिए ।

नोबेल अस्पतालका चिकित्सकले डा. अग्रवालको ब्रेन डेड भइसकेको बताएका थिए । पुर्वमै लोकप्रिय उनको विराटनगरको जहदा रोडमा घर रहेको छ भने उनका श्रीमती र एक छोरी छन् । उनी विभिन्न सामाजिक संस्थामा पनि आबद्ध थिए ।