एजेन्सी- भारतमा १७ औं लोकसभाका लागि सात चरणमा ५४२ सिटका लागि भएको चुनावको मतगणना आजबाट शुरु  भएको छ ।

गणना बिहीवार विहान ८ बजेबाट शुरु भएको बीबीसीले जनाएको छ । यो चुनावमा पहलो पटक वीवीप्याट को प्रयोग गरिएको छ ।जसका कारण नतिजा आउन केही समय लाग्ने छ । मतगणना शुरुवात हुनु भन्दा पहिला केहि बिपक्षी दलले ईवीएमलाई लिएर चिन्ता ब्यक्त गरेका थिए । उनीहरुले शत प्रतिशत वीवीप्याट (वोटर वेरिफियेबल पेपरऑडिट ट्रायल) पर्चिलाई मिलाउन माग गरेका थिए । तर विपक्षी दलको माग सर्वोच्च अदालतले खाेरेज गरेको थियो ।

लोकसभाको ५४३ मध्ये ५४२ सिटमा भएको चुनावमा ८ हजार भन्दा धेरै उम्मेदवार चुनावी मैदानमा छन् । ७ चरणमा भएको चुनावमा ९० करोड मतदाता मध्ये करिब ६७.११ प्रतिशत मानिसले मतदानमा भाग लिएका थिए । मतगणना अघि सार्वजनिक भएका सर्भेक्षणहरुले सत्तारुढ भाजपाले जित्ने देखाएको छ ।